Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

समानुपातिकमा यसरी हुन्छ सिट बाँडफाड, ‘थ्रेस होल्ड’ काट्न नसक्ने दल आउट हुने

समानुपातिकमा यसरी हुन्छ सिट बाँडफाड, ‘थ्रेस होल्ड’ काट्न नसक्ने दल आउट हुने

काठमाडाैँ । प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको सम्पूर्ण परिणाम आइ नसक्दै समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित हुनेको चर्चा शुरु भएको छ । सामान्य रुपमा बुझ्दा पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेद्वारहरु विजयी हुन्छन् ।

नेपालको निर्वाचित प्रणाली मिश्रित निर्वाचित प्रणाली हो, संघीय संसद र प्रदेश सभा (संसद) दुवैमा लागू गरिएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीबारे बुझ्न सहज भएपनि समानुपातिक निर्वाचित प्रणालीबाट निर्वाचित हुने प्रक्रिया अलि जटिल र प्राविधिक पक्ष रहेको छ ।

नेपालले समानुपातिक निर्वाचित प्रणाली विश्वका धेरै देशमा लागू भएको सेन्ट लग विधिलाई प्रयोग गरेर पार्टीले पाएको मतबाट निर्वाचित उम्मेदवारको संख्या निकाल्छ । यसरी प्राप्त संख्यालाई समानुपातिक समूहको प्रतिशतको आधारमा दलले सूचिकृत गरेका उम्मेद्वार प्राथमिकता अनुसार निर्वाचित हुनेछन् ।

समानुपातिकमा छनोट प्रक्रिया

समानुपातिक तर्फको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित हुने उम्मेदवारले प्रभाव परेको हुन्छ । त्यसैले समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत निर्वाचित हुनेको मत परिणाम सहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि त्यसपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ ।

अहिले प्रतिनिधि सभाको निर्वाचनमा ४७ वटा दलहरुले भाग लिएका छन् । ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड अंक निकालेपछि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका ४७ वटा दलहरुले समानुपातिक तर्फको निर्वाचनमा पाएको मत र थ्रेस होल्डको अंकसँग तुलना गरिन्छ । यस्तो तुलनामा थ्रेस होल्डको सीमा पार गरेका दलहरु र सीमा काट्न नसकेका दलहरु विभाजन गरिन्छ । थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाटै आउट हुन्छन् अर्थात् बाहिरिन्छन् ।

बाहिरिएका दलसँगै ती दलहरुले प्राप्त गरेको मतसमेत समानुपतिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ ।

निर्वाचित सिट निकाल्ने प्रक्रिया

संघीय संसदको प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ । थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मत अनुसार निर्वाचित सिट निकलिन्छ । यसपछि समानुपातिक तर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ । यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिक तर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेस होल्ड काटेका) दलले पाएको मतलाइ भाज्य मान्दै भाग गर्छ । १ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो । यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ ।

दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ । प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलहरु मध्य जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ । यो भनेको पहिलो ठूलो भागफल दोश्रो ठूलो भागफल गर्दै क्रमसः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ ति सबै निर्वाचित सिट हुन् । यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ । जसको जसको भागफल हो त्यो अनुसार दलले जितेको सिट मान्दै जोडिन्छ, अनि दलको कुल विजयी सिट निस्कन्छ । यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ ।

स्वभावतः दलले प्राप्त गरेको मत परिणाम अनुसार सिट निर्वाचित हुन्छन् । यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो । यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्दछन् ।

क्लस्टर विभाजन प्रक्रिया

समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले क्लस्टर भित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन् । यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने निर्धारण हुन्छ । तर संविधानमा भएको व्यवस्था अनुसार दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेशी १५.३%, थारु ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ ।

यी सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तिमा ११ जनाको सूची बुझाएको हुनुपर्छ । यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयोगमा पेस गरेका हुन्छन् । अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टर अनुसार कसरी निर्वाचित गराउँछ त ? ११ जनामा सबैको प्रतिशत अनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खस आर्य ३ जना, थारु १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन् । यो ११ जना मध्ये ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ । तर क्लस्टरमा निर्वाचित हुनेको संख्या नघटाई त्यो दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रिय सभामा रहेका सांसदको संख्या र प्रतिनिधित्व हुने क्लस्टरले समानुपातिकमा निर्वाचित हुने समूहमा असर गरेको हुन्छ ।
समानुपातिक निर्वाचनको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट पायो कति सिट जित्यो, राष्ट्रिय सभामा कति जना सांसदहरु हुनुहुन्छ ? ती मध्ये कति महिला छन् ? भन्ने हिसाव गरेर संविधानको व्यवस्था अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । यसको लागि निर्वाचन आयोगले सबै शर्त राखेर क्लस्टर अनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्दछ । पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयोगले विभिन्न दलबाट समानुपतिक प्रणालीमा निर्वाचित व्यक्तिहरुको सूचि प्रकाशित गर्दछ । यसरी संघीय संसदको प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा दलले पाएको मतबाट उम्मेदवार व्यक्ति निर्वाचित हुन्छन् ।

संघीय संसद र प्रदेश सभाकाे प्रणाली

मुलभुत रुपमा संघीय संसद र प्रदेश सभामा लागू भएको निर्वाचन प्रणाली उस्तै हो । संघीय संसद २ सदनात्मक हुने भएकोले माथिल्लो सदन (राष्ट्रिय सभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एकै हो । यद्यपि समानुपातिक तर्फको थ्रेश होल्ड (प्रदेश सभाको समानुपातिक निर्वाचनको थ्रेस होल्ड १.५ %) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ । तुलनात्मक रुपमा हेर्दा प्रतिनिधि सभा भन्दा प्रदेश सभा अझ बढी समावेसी देखिन्छ । साथै समावेशी क्लस्टरको प्रतिशत प्रदेश अनुसार फरकफरक छ ।

उदाहरणको लागि प्रदेश १ मा समानुपतिक निर्वाचनमा मधेसी समूहबाट निर्वाचित हुने प्रतिशत ७.५ % छ भने मधेस प्रदेशमा ५४.३६ % छ । यस्तै वागमती प्रदेशमा मुस्लिम ०.६७ % निर्वाचित हुने व्यवस्था छ तर मधेस प्रदेशमा ११.५८% छ । यो भनेको समानुपातिक समूहमा रहेको जनसंख्याको उपस्थिति फरक भएकाले प्रदेश अनुसार निर्वाचित संख्या घटी, बढी भएको हो । प्रदेश सभामा निर्वाचित हुने समानुपातिक समूहमा अल्पसंख्यक समूह पनि छ, यो समूह प्रतिनिधि सभामा छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh