आलोक यादव
लहान ,जेठ १९ गते । प्रदेश २ मा अपराधीक घटनामा साना हातहतियारको प्रयोगमा वृद्धि भएको तथ्यांकलाई मध्यनजर गरि साना हातहतियार विरुद्ध २ नं. प्रदेश प्रहरी कार्यालय कठोर रूपमा प्रस्तुत भएको छ । दुई हप्तामा प्रदेश २ को विभिन्न ठाँउमा ४ वटा पेस्तोल सहित चार युवा पक्राउ । धनुषा जिल्लाको जनकपुरधाम उप-महानगरपालिका बेल्ही चैक भन्ने तेतेरीयाबाट प्रहरीले हथियार र गोली सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी लोहारपटी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २० को डिके भनिने एजिजुल राईन रहेका छन ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका ब्युरो बाट खटिएको सादा पोषाकको प्रहरी टोलीले राईनको साथ बाट पेस्तोल एक थान, म्यागजिन ३ थान र पेस्तोलमा प्रयोग हुने गोली पाचँ राउन्ड बरामद गरिएको २ नम्बर प्रदेश ब्यूरो अधिकृतले जानकारी दिनु भयो ।
लकडाउनको समयमा पैदल हिडिरहेका राईनको गतिविधि शंकास्पद देखिएपछी शरीर चेकजाच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त हथियार बरामद भएपछी नियन्त्रणमा लिइएको ब्यूरो टोलिले जानकारी दिनु भयो ।
हथियार सहित पक्राउ परेका राईन माथी थप आवश्यक अनुसंधान भईरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुर धनुषाले जनाएको छ ।


त्यसैगरि – २ नं. प्रदेश प्रहरीले धनुषा जिल्लाको शहिदनगर नगरपालिका – ३ झण्डा चौकबाट हथियारसहित दुई जनालाई प्रहरीले समातेको छ । बिषेश सुचनाको आधारमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट शादा पोशाकमा खटिएको प्रहरी निरीक्षक उमेशमान आमात्य र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शंका लागि ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हतियार बरामद भएको हो ।
मोटरसाईकलमा सवार कमला नगरपालिका ८ हरिनेका वर्ष १८ को अक्षय पासवानको साथबाट कटुवा पेस्तोल थान १ र गोली राउन्ड ३ बरामद भएकोमा चालक सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० को सुनिल कुमार साह समेतलाई पक्राउ गरिएको छ ।
बरामद पेस्तोल, गोली र मोटरसाईकलसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई प्रहरीले अनुसंधान सुरु गरेको छ ।
त्यसतै सर्लाही जिल्लामा प्रेस लेखेको गाडीमा हतियार बोकेर घुमिरहेका दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका-३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेको प्रहरीले जनाएको छ ।
दुबै जना हतियारसहित घुमिरहेको विशेष सूचना आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट प्रहरी निरीक्षक उमेशमान आमात्यको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएसपी मदन कुँवले जनाकारी दिए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।
उनका अनुसार गाउँपालिका- ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।



