Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्रीसँग अन्तर्वार्ताः ‘चुनावपछि कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ’

प्रधानमन्त्रीसँग अन्तर्वार्ताः ‘चुनावपछि कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सातौं पटक निर्वाचनमा होमिन’भएको छ । उहाँ २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ का सबै निर्वाचनमा अपराजित हुने दुई नेतामध्ये एक हुनुहुन्छ । सत्ता गठबन्धनका प्रमुख नेतासमेत रहनुभएका प्रधानमन्त्री देउवा बुधबारदेखि गृहजिल्लामा हुनुहुन्छ ।

गृहजिल्लामा चुनाव प्रचारमा रहनुभएका प्रधानमन्त्री देउवासँग डडेलधुरा सदरमुकाम अमरगढीमा नेपाल टेलिभिजन अनलाइनका संयोजक गोविन्द धिताल र सुरेन्द्र आचार्यले गर्नुभएको कुराकानीको सम्पादित अंश–

प्रधानमन्त्रीज्यू, लामो समयदेखि निर्वाचनको तयारी, गठबन्धनका विभिन्न कार्यक्रहरु र अहिले त आफ्नै गृहजिल्लामा निर्वाचन प्रसार प्रसारका क्रममा आइपुग्नुभएको छ । देशव्यापीरुपमा कस्तो उत्साह पाउनुभएको छ ?

अत्यन्तै उत्साह जनतामा छ । अर्को कुरा गठबन्धनको सरकारको छ, त्यसमा कुनै किसिमको समस्या छैन । आपसमा एकदमै मेलमिलाप छ । केही ठाउँबाहेक अधिकांश ठाउँमा उम्मेदवाहरु मिलेका छन् । गठबन्धनका उम्मेदवारलाई जिताउन लागेका छन् । हाम्रो पार्टी (नेपाली कांग्रेस), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत सबै पार्टीहरुबीचमा अत्यन्तै राम्रो सहमति छ । विश्वास छ गठबन्धनका बीचमा मेलमिलाप भएको छ । सौहार्दपूर्ण वातावरण छ ।

नेपाली कांग्रेसलाई पहिलो पार्टी र पुरानै अवस्थामा फर्काउँछु भन्नुभएको थियो । आज देशव्यापीरुपमा हिँड्दै गर्दा र अहिले गृहजिल्लामा आएर सन्देश दिँदै गर्दा के नेपाली कांग्रेस एक नम्बरको पार्टी बन्न सक्ने अवस्था छ ?
अवश्य पनि नेपाली कांग्रेस एक नम्बरको पार्टी बन्छ । यसमा दुईमत छैन । एक नम्बर प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म कांग्रेस एक नम्बर बन्नेवाला छ । मलाई विश्वास छ– कांग्रेस पार्टी नम्बर वान हुनेछ ।

केही ठाउँबाहेक अधिकांश ठाउँमा उम्मेदवाहरु मिलेका छन् । गठबन्धनका उम्मेदवारलाई जिताउन लागेका छन् । हाम्रो पार्टी (नेपाली कांग्रेस), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत सबै पार्टीहरुबीचमा अत्यन्तै राम्रो सहमति छ ।

तपाईंले डडेलधुराको सभामा गठबन्धनको आवश्यकता १०–१५ वर्ष हुन्छ भन्नुभयो । तपाईंले यस्तो आवश्यकता किन देख्नुभयो ?

नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन । हाम्रो संविधान समावेशी छ । मेलमिलापका आधारमा संविधान चल्ने भएकाले नेपालको लोकतन्त्र समावेशी खालको छ । एउटै पार्टीको बहुमत आउने सम्भावना कम छ । त्यसैले मैले कांग्रेस ठूलो पार्टी बनाउने भनेको हो । कांग्रेस ठूलो पार्टी हुन्छ ।

तपाईंले अमरगढीमा कुटनीतिक प्रयासबाट समस्या समाधान गर्नुपर्नेछ भन्नुभएको छ । यसको भनाइ सीमा विवाद समाधान हो कि अन्य विषय हुन् ?

म सुदूरपश्चिमकै हो । नेपाल भारतबीच सीमा विवाद छ । यो भूमि नेपालको हो भन्नेमा दुईमत छैन । लडाइँ लड्ने कुरा होइन । वार्ताद्वारा हाम्रो हक भूमि कायम गर्ने कुरा हो । यसका लागि हाम्रो पार्टी हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ । सीमा विवाद कुटनीतिक प्रयासबाट समाधान गरिनेछ ।

डडेल्धुराको अजयमेरुमा आयोजित चुनावी सभा।
पाँच पटक प्रधानन्त्री हुनुभएको छ । अबका दिनमा देशको आर्थिक, सामाजिक विकासलाई कसरी अगाडि बढाउने भन्ने योजना प्रधानमन्त्रीज्यूसँग छ ?

नेपाल चाहिँ अत्यन्तै सुन्दर देश छ । पहाडी भूमि हो । पहाडी भूमि भएका हुनाले विकट ठाउँहरु पनि छन् । हिमालय छ । अत्यन्तै सुन्दर देश छ । त्यसैले नेपाललाई क्लाइमेट चेन्जको समस्या आएको छ । हिमशिखरहरु पग्लिरहेको छ । ग्लोबल वार्मिङका कारण नेपाल लगायत हिमालय रेन्जका रहेका मुलुकहरु समस्या देखिएको छ । त्यसैकारण नेपालबाटै सुरु गर्नुपर्छ भनेर नेपालबाटै बिजुलीको गाडी, बिजुलीकै रेल सुरु गर्नुपर्छ । विदेशमा विद्युतबाट गाडी, रेल चलाउने अवस्था छ । बिजुली पनि खपत हुन्छ । पेट्रोलियम पदार्थ, ग्यासले, डिजेलले हावापानी नै ग्लोबल वार्मिङ भएकाले नेपालबाट सुरुवातै गर्नुपर्छ ।

नेपाल भारतबीच सीमा विवाद छ । यो भूमि नेपालको हो भन्नेमा दुईमत छैन । लडाइँ लड्ने कुरा होइन । वार्ताद्वारा हाम्रो हक भूमि कायम गर्ने कुरा हो ।

गठबन्धनबाट चुनाव लड्दै गर्दा ‘भोट ट्रान्सफर’को कुरा सुनिएको छ । कांग्रेसले अरु पार्टीलाई कसरी भोट हाल्ने सुनिन्छ । तपाईं नेपाली कांग्रेसका मतदातालाई कसरी आहवान गर्नुहुन्छ ?

हिजो माओवादीले चुनाव जितेको पनि हो नि । म पनि झण्डै हारिसकेको थिएँ, उसलाई दिएको हो नि । अहिले किन बहाना बनाउने ? माओवादीको पार्टीको खिलाफमा उराल्ने कुरा हो । यति धेरै चुनाव भइसक्यो । हिजो बितेका कुरा हुन् । हिजो ओलीसँग मिल्दा ठीक हुने, अहिले किन ठीक हुने ? एमालेसँग मिल्दा ठीक हुने, कांग्रेससँग किन बेठिक हुने ? गिरिजा प्रसाद कोइरालाले नै शान्तिप्रक्रियामा ल्याएको हो उहाँहरुलाई । मैले पनि शान्ति प्रक्रिया सुरु गरेको हो ।

शान्ति प्रक्रियाको पक्षमा रहेको पार्टी कांग्रेस हो । आज काटमार सकिएको छ । हामीले २००७ सालमा बन्दुक बोकेको हो नि ? जे कारणले बन्दुक बोकेको थियो, त्यो प्राप्त भइसक्यो । नेपालमा स्थायी शान्ति प्राप्त भएको छ । हिजो के भएको थियो भन्ने होइन । अब के गर्ने भन्ने हो । समावेशी राजनीति, सबै पार्टी एक भएर अगाडि बढ्ने हो । माओवादीका साथीहरुले राम्रोसँग काम गर्नुभएको छ ।

हिजो माओवादीले चुनाव जितेको पनि हो नि । म पनि झण्डै हारिसकेको थिएँ, उसलाई दिएको हो नि । अहिले किन बहाना बनाउने ? माओवादीको पार्टीको खिलाफमा उराल्ने कुरा हो । यति

देशव्यापी चुनावी माहौल बन्दैगर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताहरुलाई प्रधानमन्त्री र मुख्य पार्टीको नेताको हैसियतले यो चुनावमा के सन्देश दिन चाहन्छु ।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाली कांग्रेस पार्टीले इतिहासमा ००७ सालमा राणाबाट मुक्त गरेको स्मरण गराउन चाहन्छु ।

फेरि राजा महेन्द्रले बीपी कोइरालालगायतका हाम्रा नेताहरुलाई जेल हालेर तानाशाही व्यवस्था लागू गरे । त्यसका लागि लडेर हामीले पञ्चायतलाई खत्तम पारेर अगाडि बढ्यौं । राजाले सारा अधिकार खोसे । मलाई पनि जेल हाले । अब राजालाई कति बोक्ने गिरिजाप्रसाद कोइरालाले ठूला काम गर्नुभएको हो । माओवादीलाई समेत बोलाएर ल्याएर जनताको शासन व्यवस्था स्थापित गरिएको छ । जनताको छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री हुन्छन् ।

नेपालको राजनीति संघीयतामा गएको छ । सुदूरपश्चिम पछाडि परेको थियो । यहाँ नै अहिले सरकार छ । मुख्यमन्त्री छन् । मधेसमा पनि आफ्नो अधिकार पाएका छन् । त्यसका कारण सबैको देश हो । समावेशी प्रजातन्त्र छ । आजको अवस्थामा नेपाल जति सुन्दर देश छ, सुन्दर शासन प्रणाली छ, समावेशी शासन प्रणाली छ । नेपालमा काटमारको लडाइँ सकियो । अब विकास गर्ने काम हो ।

हिजो कसले के गरे नभनौं, हामीले पनि बन्दुक बोकेको हो । हिजोको कुरा छाडेर सदा सदाका लागि स्थायी शान्ति ल्याउने, काटमारको समस्या समाधान गर्ने । वार्ताद्वारा समाधान गरेर अगाडि बढाउने हो । उपलब्धी भएको छ । अबको निर्वाचन अत्यन्तै महत्वपूर्ण छ । अबको पाँच वर्षमा धेरै ठूला काम गर्छौं । विकासमा फड्को मार्छौं । सबैको हक अधिकार कायम गरेर समावेशी प्रणाली स्थापित गर्छौं ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh