बारा । बाराबाट प्रहरीले २५ किलो लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।निजगढ नगरपालिका वडा नं. १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट उनलाई पक्राउ गरेको थियो । कुलियामा प्रहरी टोलीलाई देख्ने वित्तिकै उनी सहित ३ जनाले बोकेर ल्याएको बोरा फालेर भागेका थिए ।
२ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागु औषध गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।प्रेम विरुद्ध लागु औषध मुद्धामा बारा जिल्ला अदालतबाट म्याद थप गरी फरार रहेका २ जनाको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

















