जन प्रभाब-सम्बादाता / २०७७ जेठ १८ गते आइतबार .
लहान । सिरहामा सीमा सुरक्षासहित कोरोना रोकथाम तथा नियन्त्रणका लागी ब्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थिति रहँदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।
जिल्लाका सबै सीमानाकाहरुमा आवत जावतमा पूर्ण रोक लगाइएपनि उक्त तस्करी नियन्त्रणगर्नका लागी सशस्त्र प्रहरी बल नेपाल FOB आभेनगरका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहित भुजेलले सक्रियता देखाएको छ ।
यसै क्रममा भगवानपुर गाउँपालिका वडा नं ४ आभेनगरबाट भारतबाट अबैधरुपमा खेत हुँदै लुकि छिपि ल्याउदै गरेको १ लाख १५ हजार मूल्य बराबरको खैनी ( शुत्ती ) लगायत समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडि बुझाएको छ ।
तपाईको प्रतिक्रिया !
