काठमाडौं,जेठ १७ गते सनिवार । नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या २ सय १९ पुगेको छ। तीमध्ये १ सय ७२ जना पुरुष र ४७ जना महिलाहरु रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना र टेकु अस्पतालबाट दुई जना कोरोना मुक्त भएर घर फर्किएका हुन्।
यस्तै, एक हजार एक सय ७६ जना सम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् भने, क्वारेन्टाइनमा बस्नेहरुको संख्या एक लाख १० हजार ७८ जना पुगेको छ।
आजसम्म पिसिआर विधिमार्फत ६६ हजार ७ सय २९ वटा परीक्षण गरिएको छ।

















