Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अब घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल

काठमाडौं ,जेठ १७ गते सनिवार । लकडाउनका कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरुपमा विद्युत्को बिल तिर्ने प्रणालीको विकास भएको छ ।

विपद्ले नयाँ नयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल तिर्नका लागि नयाँ प्रणाली स्थापना गरेको छ । प्राधिकरणले सो प्रणालीलाई ‘कन्जुमर सेल्फ रिडिङ सिस्टम’ नाम दिएको छ । त्यस्तो प्रणाली प्रयोग गरी खानेपानीलगायतको समेत महसुल तिर्न सकिनेछ । प्राधिकरणले सञ्चालनमा ल्याएका कारण त्यो प्रणालीबाट भने विद्युत् महसुलमात्रै तिर्न सकिनेछ । 

प्राधिकरणको कम्प्युटर बिलिङ महाशाखाका प्रमुख सजुन श्रेष्ठका अनुसार अब ग्राहकले घरमा नै बसेर सहजरुपमा विद्युत्को बिल तिर्न सक्ने व्यवस्था गरिएको छ । आगामी मङ्गलबारदेखि भने प्राधिकरणको मोबाइल एपसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा ग्राहकलाई थप सहजरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एपसमेत सञ्चालनमा ल्याउन लागिएको हो । प्रमुख श्रेष्ठका अनुसार हालसम्म कन्जुमर सेल्फ रिडिङ सिस्टममा कूल ११ हजार ग्राहक जोडिइसकेका छन् । 

लकडाउन शुरु हुनुअघि विभिन्न वालेट सेवा प्रदायकमार्फत झण्डै सात लाख ५० हजार ग्राहकले विद्युतीय प्रणालीमार्फत विद्युत् महसुल तिर्ने गरेका थिए । त्यसमा इसेवा, प्रभु पे, आइएमई पेलगायतका बालेट सेवा रहेका थिए । ती प्रणालीहरुबाट कूल रु ८२ करोड बराबरको महसुल उठ्ने गरेको थियो । 

कोरोनाको जोखिम र त्रास बढ्दै गएका कारण प्राधिकरणका मिटर रिडरहरु ग्राहकको घर तथा आवासमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गरेर नयाँ प्रणाली विकास गरिएको हो । प्रविधिको प्रयोग गरेर कामलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ उक्त प्रणाली ल्याइएको र त्यसमा ग्राहक आफैँले आफ्नो घरमा रहेको मिटर अध्ययन गरेर बिल तिर्न वा प्राधिकरणलाई जानकारी गराउन सक्नेछन् । 

श्रेष्ठका अनुसार मिटर रिडिङ गरेपछि सोही आधारमा खपत युनिटबराबरको रकम सजिलै अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । आफैँले मिटर रिडिङ गरेर अनलाइनबाट महसुल भुक्तानी गर्न र समयमै भुक्तानी गरेवापत छुट प्राप्त गर्न सकिने प्राधिकरणको भनाइ छ । उठेको भन्दा बढी महसुल तिरिएको भए आगामी महिनाको बिलमा बढी रकमसमेत समायोजन हुनेछ । 

प्रमुख श्रेष्ठका अनुसार घरको मिटर रिडिङ गर्नुपूर्व ग्राहकले केही प्राविधिक प्रक्रिया भने मिलाउनुपर्नेछ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार ग्राहकले गुगल क्रोम, इन्टनरेट एक्सप्लोरर, मोजिला फायरफक्सजस्ता इन्टरनेट ब्राउजरमा गएर कन्जुमर डट एनइए डट ओआरजी टाइप गर्नुपर्नेछ । मुख्य पृष्ठको देब्रेपट्टीको माथि रहेको होम, अनलाइन पार्टनर, रिजष्टरमध्ये रेगुलर बटन थिच्नुपर्नेछ । यस्तै दाहिनेपट्टीको युजर लगइन हेडिङमुनि रहेको रजिष्टर बटन थिच्नुपर्नेछ । 

ग्राहक रजिष्टे«शन फाराम पेजमा रातो रङको कोठामा विवरण भर्नुपर्नेछ । पासवर्ड राख्दा अक्षर, अङ्क वा डट आदि भएको बलियो तर नबिर्सने खालको राख्न प्राधिकरणले आग्रह गरेको छ । त्यसपछि सवमिट बटन थिच्ने, एउटै ग्राहकले आफ्नो अतिरिक्त आफूले तिरिदिने र तिर्नुपर्ने अरु जुनसुकै वा नेपालभित्रका ग्राहकको पनि उपभोक्ताको खाता रजिष्टर गर्न सक्छ । प्रत्येक महिनाको विद्युत्को मिटर रिडिङ गर्न र पैसा तिर्न सकिनेछ । 

त्यसपछि तपाईंको ग्राहक परिचय बन्नेछ । त्यसपछि होम पेजमा गएर दाहिनेपट्टी रहेको युजर लग इनभन्दा मुनि युजर नेममा आफ्नो मोबाइल नम्बर र पासवर्डमा आफूले पहिले कन्जुमर आइडी बनाउँदाको पासवर्ड टाइप गरी लग इन बटन थिच्नुपर्नेछ । अब तपार्इंको दर्ता भएको ग्राहकको पेज खुल्छ । एड कन्जुमरमा थिचेर वितरण केन्द्र, दर्ता भएको ग्राहक आइडी नम्बर राखी सवमिट बटन थिचेर ग्राहक दर्ता गर्न सकिन्छ । उक्त विवरण पुरानो बिल हेरेर राख्न सकिनेछ । 

प्राधिकरणले पछिल्ला दिनमा ग्राहकको घरमा विभिन्न तीन प्रकारका मिटर जडान गरेको छ । त्यसमा दिइएको निर्देशनअनुसार मिटर रिडिङ गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ । पुरानो मिटर पाँच अङ्क भएको छ । त्यसमा शुरुका चार अङ्क राखेर भुक्तानीसम्बन्धी प्रक्रियामा जान सकिन्छ । यस्तै कुनै छ अङ्कको मिटरमा भने शुरुका पाँच अङ्कमात्रै राखेर अन्तिमको अङ्क नराखे पनि हुन्छ । 

प्राधिकरणले केही डिजिटल मिटर पनि जडान गरेको छ । ती मिटर एभोन र जिनियस नामको छ । प्रमुख श्रेष्ठका अनुसार एभोन मिटरको हकमा मिटरमा रहेको रातो बटनमा तीनपटक थिचेपछि देखिने अङ्क र जिनियसको हकमा चारपटक कालो बटनमा थिचेपछि के कति बिल उठ्यो वा कति विद्युत् खपत भयो भन्ने देखिन्छ । 

सेवालाई थप सहज, प्रभावकारी र गुणस्तरीय तथा विद्युतीय बनाउन डेक्सटप र मोबाइल भर्सनमा कन्जुमर सेल्फ रिडिङ सिस्टम ल्याएको र केही दिनभित्रै मोबाइल एपसमेत सञ्चालनमा ल्याउन लागिएको हो । अनलाइन तथा मोबाइल एपमार्फत मिटर रिडिङ तथा महसुल भुक्तानीमा असाध्यै सहज हुने प्राधिकरणको बुझाइ छ । 

ग्राहक आफैँले विवरण दर्ता गर्न सक्ने र आफ्नो घरको मिटरमा देखाएको मिटर अङ्क प्रविष्ट गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसपछि अनलाइनमार्फत महसुल भुक्तानी गर्न सकिनेछ । इ–सेवा, फोन पे, आइएमइ पे, प्रभु पेबाट सहजै महसुल भुक्तानी गर्न सकिने प्राधिकरणको भनाइ छ । गलत अङ्क प्रविष्ट गरेर प्राधिकरणलाई झुक्याएको खण्डमा भने कारवाहीसमेत हुने भएकाले मिटरमा उठेको वास्तविक अङ्कमात्रै राख्नुपर्नेछ । 

पछिल्लो विवरणअनुसार प्राधिकरणका झण्डै ४२ लाख ग्राहक छन् । त्यसमा सबैभन्दा बढी घरायसी ग्राहक छन् । प्राधिकरणले सामाजिक दूरी कायम गरेर, स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपाय अपनाएर महसुल सङ्कलन गर्ने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन । महसुल उठाउने वा नउठाउने, मिटर रिडिङ गर्न जाने वा नजाने भन्ने विषयमा प्राधिकरणका कर्मचारीबीचमा विवाद रहँदै आएको छ । सो समस्यालाई समेत विचार गरेर विद्युतीय प्रणाली सञ्चालनमा ल्याइएको हो । 

कन्जुमर सेल्फ रिडिङ सिस्टम गत आइतबारदेखि नै परीक्षणका रुपमा सञ्चालनमा आइसकेको छ । एक साताको अवधिमा नै ११ हजार ग्राहक थपिनु आफूहरुका लागि खुशीको विषय भएको प्रमुख श्रेष्ठको टिप्पणी छ । महसुल नउठ्दा प्राधिकरणको आर्थिक स्वास्थ्यमा ठूलो असर परेको छ ।

प्राधिकरणले आगामी दिनमा ग्राहकको सम्पूर्ण विवरणसमेत विद्युतीय बनाउने तयारी थालेको छ । यस्तै इन्टरनेटको सेवा नभएका स्थानलाई ध्यानमा राखेर प्राधिकरणले पैसा नलाग्ने हटलाइन नम्बरसमेत सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै आगामी दिनमा प्राधिकरणका विद्युत्गृह, सवस्टेसन, लोडसेन्टरलगायत क्षेत्र पनि स्वचालित बनाउने तयारी थालेको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh