काठमाडौ । टिकट वितरणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कांग्रेसको शेखर समूहले प्रत्यक्ष निर्वाचनमा पनि पार्टी भित्र सम्मानजनक सहभागिता हुनुपर्ने माग गरेको छ।

सो समूहले समानुपतिक जस्तै प्रत्यक्षमा पनि एकलौटी गर्न खोजेमा त्यसविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएको छ।कांग्रेसको कोइराला समूहको बिहीबार राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो । यस बिषयमा भेलामा सहभागि नेताहरुले शेखर कोइराला र महामन्त्री गगन थापाको भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन् ।
भेलामा समानुपातिकको बन्दसूची सच्याइएको भनिए पनि त्यसमा नेताका मान्छे र नेताका क्षेत्र सुरक्षित गर्न मात्र तलमाथि पारिएको बताए । उनले आफ्नो पक्षलाई ४० प्रतिशत मागिएकोमा त्यति नपाएको र निर्वाचित हुने संख्या अत्यन्त कम हुने बताए ।
भोलिसम्म शेखर र गगनसहितका नेताहरूसँग बसेर अबको कदमबारे छलफल ग र्न समेत सहभागिहरुले आग्रह गरेका छन् । तर अब केही नेता डराए पनि कांग्रेसमा देशव्यापी विद्रोह नरोकिने र त्यसको नेतृत्व जसले गर्छ उही कांग्रेसको अर्को पक्षको नेता बन्ने एक नेताले बताए ।यसअघि समानुपातिक बन्दसूचीमा पनि शेखर समूहले दबाब दिएरै आफूनिकटका व्यक्तिहरूलाई समावेश गराएको थियो ।

















