बारा,जेठ १७ गते सनिवार ।
मटिअर्वा नाका हुँदै भारततर्फ लगिरहेको गाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ । लक डाउनको मौका छोपी गाई तस्कर संगठनले अबैध तरिकाले निर्यात गर्न लागिएको १० वटा गाई सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो ।
बोर्डर आउट पोस्ट मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक लक्षमण जोसिको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले भारततर्फ लगिरहेको अवस्थामा १० बटा गाई नियन्त्रणमा लिन सफल भएको छ । गाई तस्करीको बिषयमा बिशेष सूचना पाउनसाथ खटिएको सशस्त्र प्रहरी बलको टोलिले घोडासहनको बाटो हुँदै भारततर्फ लगिरहेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
विश्वभरी कोरोना भाइरस कहरको बेला सीमा नाकालाइ पूर्ण रूपले बन्द गरेका छौ, सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदिले भन्नू भयो । सीमा नाकाबाट हुने अबैध क्रियाकलाप लगायत आउने जाने कार्य लगभग पूर्ण रूपले बन्द भएको स्थिती छ । तर केही तस्कर लक डाउनमा भारततर्फ गाई तस्करी गर्न सक्रिय भैरहेका छन् ।


















