इटहरी । लाइन्स, लियो क्लब अफ ईटहरी इनोभेसन” को आयोजनामा सुनसरी जिल्लाको इटहरी उपमनपा -२० तरहरा स्थित ज्ञान दर्पण एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई प्रदेशट्राफिक प्रहरीकार्यालय इटहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले ट्राफिक नियमका बारेमा प्रशिक्षण दिनुभएको थियो, साथै बिद्यार्थीहरुलाई जेब्राक्रसबाट कसरी बाटो काट्ने भन्ने बिषयमा सडकमै एक कार्यक्रमका बिच डेमो सहित प्रशिक्षण दिनु भएको थियो ।

१ नं. प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी एवं व्यवस्थित बनाउन १ नं. प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोज्यूले १४ जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरुसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
आ-आफ्नो जिम्मेवारी कार्यक्षेत्र भित्र ट्राफिक व्यवस्थापन अन्तर्गत बर्ष भरी गरिने प्रत्येक कार्यको लक्ष्य निर्धारण गरी लक्ष्य अनुरुप कार्य सम्पादन गर्दै लैजाने अभ्यासको रुपमा १४ वटै जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरुसँग लिखित प्रतिबद्धता स्वरुप बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

ट्राफिक प्रहरी प्रमुखले सम्झौतामा उल्लेख भए अनुसारका कार्यहरु अक्षरस पालना गरी कार्यान्वयन गर्न हुन जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै १ नं. प्रदेशमा ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाईने, ट्राफिक सचेतनाका कक्षाहरुलाई ब्यापक रुपमा ग्रामिण स्तरसम्म लैजाने, ट्राफिक नियमको कडाईका साथ पालना गर्न लगाउने एवं ट्राफिक अनुशासनको प्रभावकारी कार्यान्वयनबाट मात्र सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सकिने कुरामा जोड दिनु हुँदै जसका लागि प्रत्येक ट्राफिक प्रहरी स्मार्ट भई कार्य सम्पादन गर्न जिम्मेवार, उत्प्रेरित एवं प्रतिबद्ध बनाउने यस सम्झौताको मुख्य लक्ष्य रहेको बताउनु भएको थियो ।
सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउने अभियान अन्तरगत आज मिति २०७९।०५।२४ गते जिल्ला मोरङ लेटाङ नपा ३ स्थित अमर हर्ट मेमोरियल ईङ्लिस बोर्डिङ स्कुल का कक्षा नर्सिरी देखी कक्षा ४ सम्मका १५४ जना विद्यार्थीहरुलाई ट्राफिक प्रहरी पोष्ट लेटाङका प्रहरी हबल्दार राम कुमार साह बाट सुरक्षित सडक प्रयोग, ट्राफिक संकेत, ट्राफिक ज्ञान तथा सवारी दुर्घटनाबाट बच्ने उपायको सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो ।
सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउने अभियान अन्तरगत आज मिति २०७९।०५।२४ गते सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनि र आदर्श माध्यमिक विद्यालयको आयोजना तथा वडा प्रहरी कार्यालय (क) बिन र यस जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वमा ऐ बिद्यालयका माध्यमिक तहका १४३ जना विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालयका बिराटनगर (क) का प्रहरी निरीक्षक जिवन कुमार मैनालीले बालबालिका सम्बन्धि हुने अपराध र यस कार्यालयका प्रहरी सहायक निरीक्षक दयाराम गौतम बाट सुरक्षित सडक प्रयोग, ट्राफिक संकेत, ट्राफिक ज्ञान तथा सवारी दुर्घटनाबाट बच्ने उपायको सम्बन्धमा ऐ ११:०० बजे बाट १३:३० बजे सम्म सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो ।
ट्राफिक प्रहरी पोष्ट हरैचाबाट सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउने उदेश्य अनुरुप मिति २०७९।०५।२४ गते १०:०० बजे बाट ११:३० बजे सम्म जन मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७ देखी कक्षा १२ सम्मका २८३ जना विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु ५ जना गरी २८८ जनाको संख्यालाई ताहाँ पोष्ट बाट खटिगएका प्रहरी सहायक निरीक्षक मोतिराज दाहाल सहितको टोलीले सुरक्षित सडक प्रयोग तथा ट्राफिक नियम, सडक संकेत एवम् सवारी तथ यातायात व्यवस्था ऐन २०४९ मा भएका कानुनी प्रावधान सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण गरिएको थियो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउदा हुने सवारी दुर्घटना एवं जोखिमलाई रोकथाम एवं न्युनिकरण गर्नको लागि ट्राफिक चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने जम्मा १३ जना सवारी चालकलाई मापसे गरी सवारी चलाउदा हुने दुर्घटना, क्षति त्यसको जोखिम, तिब्रगति, जिकज्याक,लापरबाही, लगायतका बिषयहरुमा प्रशिक्षण कक्षा संचालन गरिएको थियो ।

















