वीरगञ्ज । मुकेश अग्रवाल खाधान्न सामग्रीको आडमा कपडा र सुर्तिजन्य पदार्थको अवैध कारोवार गरिरहेको खुल्न आएको छ ।

भारत विहार हरिसिद्धि स्थाई निवासी झुठो विवरण पेस गरी नेपाली नागरिकता लिन सफल तथा खाधान्न सामाग्रीको तस्करको रुपमा परिचित मुकेश अग्रवाल, बुटवलका गोविन्द गोयनका र वीरगञ्जका भिखमचन्द मारवाडी (अग्रवाल) को विभिन्न फर्मको नामले हुने गरेको सामुहिक कारोवार अन्तरगतको कार्यालयमा राजस्व अनुसन्धान विभागले छापामारी गरे पछि यिनिहरु कपडा र सुर्तिजन्य पदार्थको अवैध कारोवारमा संलग्न रहेको खुल्न आएको हो ।
समाचार श्रोतका अनुसार काठमाण्डौंमा खाधान्न बोकेको ट्रकमा गुठ्खा, सुर्ति र कपडा लगायतका अवैध समाग्रीहरु फेला परे पछि राजस्व अनुसन्धान विभागले थालेको अनुसन्धानको क्रममा मुकेश अग्रवालले संचालन गरेको फर्महरुबाट यस्तो कारोवार हुने गरेको फेला पारेको हो ।
भैरहवा, वीरगञ्ज र काकडभिट्टा नाकालाई प्रयोग गरी खाधान्न चामल, दाल, तेल लगायतको आडमा गुठ्खा, सुर्ति र कपडा लगायतका अवैध समाग्रीहरुको कारोवार हुने गरेको पाइए पछि राजस्व अनुसन्धानले अग्रवालको काठमाण्डौं, वीरगञ्ज र झापा जिल्ला स्थित विर्तामोडको कार्यालयमा छापामारी गरेको राजस्व अनुसन्धान विभाग श्रोतबाट बुझिन आएको छ ।
समाचार श्रोतका अनुसार वीरगञ्ज आदर्शनगर स्थित मुकेश अग्रवालको कार्यालयमा राजस्व अनुसन्धान विभागको छापामारी गर्न पुगेका टोलीलाई कार्यालयको गेटमा अल्झाएर ब्यापारीक खाताहरु लिएर पछाडीको ढोकाबाट नालीको बाटो प्रयोग गरी फरार भएको बताइन्छ राष्ट्रिय साहार दैनिकमा समाचार छापिएको छ ।
मुकेश अग्रवाल र उनका पार्टनरहरु भिखमचन्द र गोविन्दले भैरहवा, वीरगञ्ज र काकडभिट्टा सिमावर्ती क्षेत्रमा राखेका गोदामहरुमा भारतबाट अवैध रुपले भित्रियाउने गरेको कपडा, गुठ्खा र सुर्ती राखेर खाधान्न बोकेको सवारी साधनमा राखेर नारायणगाठ, काठमाण्डौं र पोखरा सम्म पु¥याउदै आएको श्रोतले जनाएको छ ।
राजस्व अनुसन्धानले अग्रवालको कार्यालयहरुमा छापामारी गरे पछि आफ्ना दलालहरुलाई भिडाएर कानुनी दायराबाट उम्किन करोडौको चलखेलमा लागेको अग्रवाल निकट श्रोतले जनाएको छ ।

















