डडेल्धुरा ,जेठ १६ गते । डडेल्धुराको जोगबुडा जाँदै गरेको से १ ख १३७० नम्बरको ट्रकलाइ फल्टुंडे प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले राती चेकजाँच गर्ने क्रममा सरिया सिमेन्ट बोकेको उक्त गाडीमा लुकाइ छिपाइ राखेको अबस्थामा १ लाख ८ हजार बराबरको मदीरा बरामद गरेको हो ।
यससंगै मदीरा साहु तेजबहादुर बोहरा र चालक खगेन्द्र साउँदलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक प्रहरीको नियन्त्रणमा छ । उनीहरुलाई थप कारबाहि गर्न जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्माले जानकारी दिनु भयो ।

















