Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘टिकट पाइँन’ भनेर असन्तुष्ट नहुन पार्टीका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

‘टिकट पाइँन’ भनेर असन्तुष्ट नहुन पार्टीका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा ‘टिकट पाइँन’ भनेर असन्तुष्ट नहुन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । सिंगो पार्टी एकताबद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन् ।

पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाइ थियो । नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहो¥याए ।

उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पु¥याउने उल्लेख गर्दै उनले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्र्रै ठाउँहरु हुने पनि स्पष्ट पारे । ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताए ।

उनले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताए । अध्यक्ष ओलीले भने, ‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन् । यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन् । हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन् । हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन् । कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन ।’

उनले थपे, ‘एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्र पनि १/१ जना उम्मेदवार हुन्छ । त्यत्तिनै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् । उम्मेदवार पाइन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकी अरु त असन्तुष्ट हुने भए । त्यसकारण उम्मेदवार नपाएर असन्तुष्ट हुने काम, त्यसले हामीलाई ठूलो घाटा पु¥याउँछ । हामीले जित्यौ भने, सरकार बनायौं भने थुप्र्रै ठाउँहरु निस्कन्छन् । हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं । एकजुट भएन जित्नसक्ने हो । जति एकजुट छौं, त्यत्ति बलियो छांै ।’

उनले फेरि भने, ‘जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं । त्यसकारण एकजुट हुनुपर्छ । एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन । तर त्यहाँ हाम्रो भित्र पनि समस्या छ । अब निर्वाचन आउँदैछ । यसमा अनेक प्रकारणका हत्कण्डा उनीहरुले प्रयोग गर्न सक्छन् । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नेगरी मतदाता संख्या बढाउने र मत रक्षा गर्ने । यो दुईटा कुरामा ध्यान दिनुस् । महिला दिदीबहिनीहरुमा अघि सघन ढंगले काम लगाउनुस् । आजको प्रवेश हेर्दा पुरुषमा अघि बढी काम भएको देखिन्छ, महिलामा अलि कम काम भएको हो कि भन्ने देखिन्छ । महिलाहरुमा काम लिएर जानुहोस् । राजनीति महिलाहरुमा लिएर जानुहोस् । अनि बल्ल समाज जाग्छ ।’

अध्यक्ष दाहालले थप भने, ‘त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुमा काम लिएर जानुस् । आज पनि थोरै मात्रै युवाहरु प्रवेश गर्नु भएको छ । ती युवाहरुलाई प्रवेश गराउनेतिर जानुस् । र, टोलटोलमा संगठन, घरघरमा सदस्य अखिल नेपाल महिला संघले यो गर्नुपर्छ । युवा संघले त्यो गर्नु पर्दछ । किसान संघले त्यो गर्नु पर्दछ । र, अरु विभिन्न संगठनले पनि जहाँजहाँ हुन सक्दछ, टोलटोलमा संगठन, घरघरमा सदस्य त्यो अभियान हामीले जान सक्यौ भने मात्रै काम हुन सक्छ । माथिमाथि हामीले कुरा ग¥यौं तर तल जनताको बीचमा, आम जनताको बीचमा गएनौं भने, हामी अनावश्यक कुरामा कन्सस भयौं भने, केही पनि फुत्किदैन काम ग¥यौं भने । मजाले काम गर्नुपर्छ । यदि हामीले दम्भ देखायौं भने, घमण्ड ग¥यौं भने त्यसले राम्रो गर्दैन । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–एमाले अव अत्यन्त सक्रिय हुनुपर्छ ।’

अध्यक्ष ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे । अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उनको आरोप थियो । ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैंले अघि बढन नदिएको गुनासो समेत गरे ।

उनले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताए । अध्यक्ष ओलीले भने, ‘नागरिकता सम्बन्धि ५१ सालमा म गृहमन्त्री हुँदा धनपति उपाध्यायको नेतृत्वमा आयोग बनाएर समस्या समाधान कसरी गर्ने भनेर गरेका थियौं । मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिए । एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन । त्यो देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ ।’

उनले थपे, ‘नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकताको समस्या त्यही त हो नि । वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्छ गर्छ । त्यो त जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुप¥यो । त्यो विवाह साँच्चै हो कि होइन । टिक्छ कि टिक्दैन ।

नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अश पाउन मात्रै विवाह गरि टोपलेको छ कि । यस्ता कुराहरु अलिकति हेर्नुपर्छ । कहिलेकहिले नागरिकहरुलाई कसैले झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहीँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh