Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भ्रष्टाचारको आरोप लागेका एसपी जोगाउन सशस्त्रमा हवल्दारलाई सजाय, पत्रकारले स्रोत नजोगाउँदा परिवारको बिचल्ली


भ्रष्टाचारको आरोप लागेका एसपी जोगाउन सशस्त्रमा हवल्दारलाई सजाय, पत्रकारले स्रोत नजोगाउँदा परिवारको बिचल्ली

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा हुने रासन भत्तासम्बन्धी भ्रष्टाचार र अनियमितता रोक्न पत्रकारको साथ खोजेका एक जना वरिष्ठ हवल्दार उनै पत्रकारले स्रोत संरक्षण नगर्दा कारागारमा पुगेका छन्। यस्तै गणभित्र भएको अनियमितताको अनुसन्धानसमेत गर्नुपर्ने सशस्त्र मुख्यालयले त्यसको छानबिनसमेत नगरी घटनालाई अर्के मोड दिएको छ।

सशस्त्र प्रहरीभित्र रासन तथा भ्रमण भत्ता र ढुवानीका नाममा हुने भ्रष्टाचार र अनियमितताको अनुसन्धान भएका गुल्म, गण, बाहिनीदेखि मुख्यालयसम्मका अधिकारी मुछिने डरले अहिले सूचना चुहाएको विषयलाई मात्रै ‘हाइलाइट’ गरिएको छ। डलेल्धुराबाट पत्रकार नवराज पनेरुकाे खाेज रिपाेर्ट: 

सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिएका थिए।

सशस्त्र प्रहरी बल, नेपालभित्र रासनका नाममा हुने बेथितिका बारेमा समाचार आएपछि भएको अनुसन्धानका क्रममा पत्रकार सन्तोषसिंहले आफ्नो समाचारको एउटा पाटोका स्राेत नरेशसिंहको सुरक्षा त गरेनन् नै समाचारका अरू पाटोको स्राेत पनि वरिष्ठ हवल्दार नरेशसिंह भएको भनेर पोले। यसबाट पेन्सन पाक्ने बेलामा हवल्दार नरेशसिंह जेलमा छन् र परिवारको बिचल्ली भएको छ।

कुरा सुरु भएको चुनावदेखि हो। सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह साहु र पत्रकार सन्तोषसिंह ठगुन्नाबीच स्थानीय तह निर्वाचनको क्रममा चिनजान भयो। निर्वाचनमा जिल्लाको नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका थिए वरिष्ठ हवल्दार नरेशसिंह। स्थानीय रेडियोमा कार्यरत ठगुन्ना रिपोर्टिङकै लागि नौगाड गाउँपालिका पुगेका थिए। सोही क्रममा वरिष्ठ हवल्दार नरेशसिंहले सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिबारे पत्रकार ठगुन्नासँग कुराकानी गरे। दुवै जना फेसबुकमा साथीका रूपमा जोडिए ।

रासनका नाममा हुने बेथितिबारे म्यासेन्जरमा पनि वरिष्ठ हवल्दार नरेशसिंह र पत्रकार ठगुन्नाबीच कुराकानी हुन थाल्यो। पत्रकार ठगुन्नाले जिल्लाका केही पत्रकारलाई म्यासेन्जरमार्फत सशस्त्र प्रहरीको हाजिरी विवरण (उपस्थित र अनुपस्थितको) पठाए। तर दार्चुलाका पत्रकारले समाचार लेखेनन्। अर्का एक जना पत्रकारमार्फत धनगढीको दिनेशखबर डटकमले उक्त विवरण पायो। २८ जेठमा दिनेशखबर डटकममा ‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा’ शीर्षकमा समाचार प्रकाशन भयो।

समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने आरोप पनि लगाइएको थियो। यद्यपि समाचारमा स्रोत भने खुलाइएको थिएन। समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी बदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ।’ खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्‍याउनेको खोजी गर्न एसपी विष्ट स्वयम् खटिए। सो क्रममा प्रत्येक सिपाहीको मोबाइल परीक्षण गर्न थालियो।

वरिष्ठ हवल्दार नरेशसिंहले मोबाइलमा फेसबुक र म्यासेन्जर अनइन्स्टल गरेको पाइयो। रासनमा हुने बेथितिबारे समाचार आएसँगै नरेशसिंहले फेसबुक र म्यासेन्जर अनइन्स्टल गरेका थिए । तर, पत्रकार ठगुन्नासँग भएको कुराकानी भने नरेशसिंहले डिलिट गरेका थिएनन्।

मिडियासम्म विवरण पुर्‍याउनेको खोजी गर्दा नरेशसिंहमाथि शंका बढेपछि उनको मोबाइलमा म्यासेन्जर इन्स्टल गरियो र पत्रकार ठगुन्नासँग भएको कुराकानी फेला पर्‍यो। म्यासेन्जरमा सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशमा नरेशसिंहले रासनका नाममा हुने बेथितिबारे मात्रै सूचना दिएका थिए।

त्यसपछि नम्बर ४४ गणले पत्रकार ठगुन्नालाई कार्यालयमा बोलायो। ‘हामी दुई जनाबीच भएको म्यासेन्जर कुराकानी प्रिन्ट गरेर राखिएको थियो,’ पत्रकार भनिएका ठगुन्नाले भने, ‘नरेशसिंहले मलाई सूचना दिएको कुरा सशस्त्र प्रहरीले लेखेर राखेको थियो। त्यसमा मेरो हस्ताक्षर गराइयो। मलाई सोध्ने क्रममा मैले पनि नरेशसिंहले नै सूचना दिएका हुन भनेर भन्दिएँ।’ ठगुन्नाका अनुसार नरेशसिंहले उपस्थित र अनुपस्थित सशस्त्र कर्मचारीको विवरण मात्रै दिएका थिए। तर, पत्रकार ठगुन्नाले स्रोतको सुरक्षा गर्नुको सट्टा सूचना दिने नरेशसिंह नै हुन् भनेर पुष्टि गर्दा नरेशसिंहमाथि झनै संकट परेको छ।

मिडियासम्म खबर पुर्‍याएको भन्दै जेठ महिनाको अन्तिममा नरेशसिंह लाई दार्चुलाबाट कैलालीको अत्तरियास्थित बाहिनीमा लगियो। केही दिनपछि हेडक्वार्टर पठाइयो।

नरेशसिंहविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरियो। नरेशसिंहमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्नेगरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ। तर, नरेशसिंहले उपस्थित र अनुपस्थित कर्मचारीको विवरणमात्रै मिडियालाई उपलब्ध गराएका थिए।

सुरक्षासँग सम्बन्धित सूचना तथा खबरहरू राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा जन्मकैदको सजाय हुने व्यवस्था भएकाले सोहीअनुसार माग दाबीसहित सशस्त्र प्रहरीले मुद्दा दर्ता गरेको छ। मुचुल्का र मुद्दा फाइलमा भने नरेशसिंहले मिडियासम्म पुर्‍याएको हाजिरी विवरण वास्तविक भएको उल्लेख छ।

परिवारको बिचल्ली

पर्वत दरबन्दी भई काजमा दार्चुलामा कार्यरत रहेका वरिष्ठ हवल्दार नरेशसिंहले सशस्त्र प्रहरीमा जागिर खाएकाे १९ वर्ष पुगिसकेको छ। दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लामा घर भएका नरेशसिंहको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा पनि बसोबास छ। घरमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। दाइको मृत्युपछि भतिजाहरूको लालनपालनको जिम्मेवारी पनि नरेशसिंहमाथि नै छ। तर, पेन्सन खान एक वर्ष बाँकी रहँदा नरेशसिंह जेल परेपछि परिवारको बिचल्ली भएको छ। ‘१९ वर्षको जागिरे समयमा कहिल्यै विवादमा आउनुभएन,’ नरेशसिंहकी श्रीमती दुर्गाले भनिन्, ‘पेन्सन खाने समयमा जेल परेपछि परिवारको बिचल्ली भएको छ।’ दुर्गा छोराछोरीसँगै कञ्चनपुर बस्दै आएकी छन्। दार्चुलामा कार्यरत श्रीमान् जेल परेपछि कञ्चनपुर बस्दै आएका भतिजालाई दार्चुला पठाइएको छ।

अनेरास्ववियु दार्चुलाका उपाध्यक्ष तथा पत्रकार गणेशसि‌ह ठगुन्ना ।

स्रोत खोल्ने पत्रकार भन्छन्– झुटा मुद्दा लगाइयो

यता सशस्त्र प्रहरीले मुद्दा र मुचुल्कामा नै नरेशसिंहले दिएर मिडियामा सार्वजनिक भएको हाजिरी विवरण वास्तविक भएको उल्लेख छ। तर, नरेशसिंहमाथि हातहतियार र गोलीगट्ठाको विवरण बुझाएको आरोप लगाइएको छ। त्यसबारे न समाचार बनेको छ न त नरेशसिंहले पत्रकारलाई हातहतियार र गोलीगट्ठाको विवरण नै पठाएका छन्। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला उपाध्यक्षसमेत रहेका पत्रकार भनिएका ठगुन्ना भन्छन्, ‘नरेशसिंहमाथि झुटा मुद्दा लगाइएको छ। उहाँले उपस्थित र अनुपस्थितिको विवरणमात्रै उपलब्ध गराउनुभएको हो।’ ठगुन्नाले स्रोतको संरक्षण नगरेपछि दार्चुलाका पत्रकार भने उनीमाथि पनि कारबाही हुनुपर्ने माग गर्न थालेका छन्।

‘सशस्त्र प्रहरीले सोधपुछ गर्दा ठगुन्नाले स्रोतको संरक्षण गर्नुपर्ने थियो,’ दार्चुलाका एक पत्रकारले भने, ‘तर आर्थिक लोभमा परेर पत्रकारले स्रोत खोलेको आशंका बढेको छ।’ यता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी विष्टले कुराकानी गर्न चाहेनन्। पत्रकारको परिचय दिएको सेकेन्ड नपुग्दै उनले फोन काटिदिए।

वास्तविक सूचना दिएकै कारण सशस्त्र प्रहरीले १९ वर्षसम्म देशको सेवा गरेका हवल्दार नरेशसिंहलाई जन्मकैद माग गर्दै जेल हालेको छ। तर, सूचनाको हकसम्बन्धी ऐनमा भने सूचना दिएकै आधारमा कैद सजाय हुने व्यवस्था छैन। सूचनाको हकसम्बन्धी ऐनको दफा २९ मा सूचनादाताको संरक्षणसम्बन्धी व्यवस्था छ। जसअनुसार सार्वजनिक निकायमा भएको वा भइरहेको वा हुनसक्ने अनियमितता र अपराधको सूचना सार्वजनिक गर्नु कर्मचारीको दायित्व हुनेछ भनिएको छ। यसरी सूचना दिएको कारणले त्यस्तो कर्मचारीलाई पदबाट हटाउन, कुनै सजाय गर्न वा हानीनोक्सानी पुर्‍याउन पनि पाइँदैन । त्यस्तो भएमा राष्ट्रिय सूचना आयोगले सो बदर गर्न र क्षतिपूर्ति दिलाउन पनि सक्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh