Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

रुपन्देही । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो ।

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नंको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गरेको थियो । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपश्चात् खोजतलासको क्रममा पाण्डेको शव भेटिएको हो ।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको ल१ख ७७८१ नंको ट्रक १६ लाख मूल्य कायम गरेपछि दिने सर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस् सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका थिए ।

गौतमले योजनाबद्धरुपमा साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै फकाइफुलाइ गरेर लिई गएकोमा भोलिपल्ट घरबाट कालिज मार्न भनी जङ्गलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए।

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका अभियुक्त गौतम अर्को दिन फरार भएका थिए । ‘पाण्डेकी छोरी शीलालाई फोन गरेर मलाइ तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ ग¥यो’, पाण्डेका आफन्त पुष्कर पाण्डेले भने । पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पु¥याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ ।

गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखाँची गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पुर्याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरको दाबी छ । ‘हामीलाई पाण्डेको साथी गौतममाथि शङ्का लागेर प्रहरीमा उजुरी दिएका थियौँ तर प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छाड्यो, आखिर उनैले हत्या गरेको प्रमाणित भयो’, कुँवरले भने ।

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टस्मा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । पाण्डेको शव सडकदेखि करिब आठ सय मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री बस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो ।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडामसमेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेला पारेका थिए । शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी उनले घटनामा निष्पक्ष अनुसन्धान गरी न्याय दिन अनुरोध गरे । अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले उक्त गाडीसमेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन परिवारको माग छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh