Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उत्कृष्ट कार्यसम्पादन गर्ने यी आठ प्रहरी अधिकारी जसलाई आईजिपी सिंहले पुरस्कृत गरे

उत्कृष्ट कार्यसम्पादन गर्ने यी आठ प्रहरी अधिकारी जसलाई आईजिपी सिंहले पुरस्कृत गरे

काठमाडौं । उत्कृष्ट कार्यसम्पादन गर्ने आठ जना प्रहरी अधिकारी प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट पुरस्कृत भएका छन् ।आफ्नो जिम्मेवारीमा रहेर प्रहरी संगठनलाई महत्त्वपूर्ण योगदान गर्ने ८ जना प्रहरी अधिकारीलाई आईजीपी सिंहले केही दिनअघि विशेष बढुवा गरेका हुन् ।

प्रहरीको नीति निर्माण समितिको सिफारिसमा विभिन्न क्षेत्रमा सर्वाेत्कृष्ट काम गर्ने प्रहरीको विशेष बढुवा गरिएको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले जानकारी दिए ।

०६७ को वैशाखमा असईमा भर्ना भई त्यसयता निरन्तर अपराधमा शंकित व्यक्तिको स्केच र घटनास्थलको फोटोग्राफीमार्फत अनुसन्धानमा सघाउँदै आएका योगेश महर्जन नायब निरीक्षक (सई)बाट वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । महर्जनले कोरेका स्केचकै कारण धेरै घटनाका अभियुक्त पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक सिंह आफैले महाशाखाकाे नेतृत्व गर्दा उनकाे कामकाे मूल्यांकन गरेका थिए।

‘यसपटक मैले उत्कृष्ट काम गर्नेहरूलाई पुरस्कृत गरेकाे छु,’ केही दिनअघि जनप्रभाव संग सिंहले भनेका थिए, ‘मेराे कार्यकालमा ढाेके र भान्सेकाे विशेष बढुवा हुने छैन।’

प्रहरी नायब निरीक्षक रहेका विष्णुप्रसाद अधिकारी वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन् । एआईजी प्रमुख हुने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा लामो समयदेखि कार्यरत उनले प्रहरीमा रिक्त विभिन्न पदमा नयाँ भर्ना प्रक्रियाका लागि लोकसेवा आयोग तथा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी समयमै भर्ना छनोट प्रक्रिया त्रुटिरहित ढंगले सम्पादन गर्न सहयोग गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत मञ्जुकुमारी चौधरीले घटनास्थल अनुसन्धान अधिकृत (सोको) तालिममा तालिम सहयोगीका रूपमा उत्कृष्ट काम गरेको आधारमा उनलाई नायब निरीक्षकबाट वरिष्ठ नायब निरीक्षकमा विशेष बढुवा गरिएको छ ।

दर्जनौं ठूला घटनाका अभियुक्त पक्राउ गर्न सफल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत केशव जोशी नायब निरीक्षकबाट वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन् । कर्तव्य ज्यानसम्बन्धी विभिन्न घटनाको सफल अनुसन्धान गरी संलग्न व्यक्तिहरू पक्राउ गर्नुका साथै फरार प्रतिवादीको खोजी कार्यमा सक्रिय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत युवराज गौतमले पनि दर्जनौँ ठूला अपराध सुल्झाएको भन्दै उनलाई प्रहरी नायब निरीक्षकबाट वरिष्ठ प्रहरी निरीक्षकमा बढुवा गरिएको छ । लागुऔषधसम्बन्धी अपराध, प्रतिबन्धित वन्यजन्तुसँग सम्बन्धित वस्तुको ओसारपसार तथा बिक्री–वितरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी उत्कृष्ट तवरले अनुसन्धानमा सहयोग पुर्‍याएको आधारमा उनको बढुवा भएको हो ।

कास्कीको रामबजारस्थित वडा प्रहरी कार्यालयमा कार्यरत विष्णु थापा क्षेत्रीले हत्याकाण्डसम्बन्धी वर्षाैँ पुराना फाइल पल्टाएर विदेशबाट समेत अभियुक्त पक्राउ गर्न पहल गरे । ०६३ वैशाखमा कास्कीमा धरानका रोजन राईको हत्या भयो । १६ वर्षसम्म अभियुक्तको पत्ता लागेको थिएन । उनले अनुसन्धान गर्दा अभियुक्त अशोक गुरुङलाई इन्टरपोलको सहयोगमा गत फागुनमा बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । ०६३ मै पोखराका व्यास घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गर्ने व्यक्तिलाई पहिचान गर्न पनि उनको भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

१५ असार ०७७ मा कास्कीको मादीमा कोपिला परियारको बलात्कारपछि हत्या घटनाका अभियुक्तलाई उनी नै पक्राउ गर्न सफल भएका थिए । पोखरामा हुने संगठित ठगी तथा लागुऔषधसम्बन्धी अपराधमा संलग्नलाई पनि उनले पक्राउ गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत हवल्दार राजमंगल सिंहलाई पनि प्रहरी प्रधान कार्यालयले विशेष बढुवा गरी वरिष्ठ हवल्दार बनाएको छ । सांसद अफताब आलमसमेत संलग्न भएको राजपुर हत्याकाण्डका दुई अभियुक्तलाई उनै सिंहले पक्राउ गरेका थिए । त्यस्तै, दुई वर्षअघि रौतहट माधवनारायण– २ खेसरहिया बजारस्थित हनुमान मन्दिरको पुजारी श्रीराम साह तेलीलाई गोली हानी हत्या गरेको घटनामा संलग्न अभियुक्त उनकै मिहिनेतपछि पक्राउ परेका थिए । वृन्दावन– ४ मा १४ वर्षकी बालिकालाई जबर्जस्ती करणीपश्चात् हत्या गरी फरार रहेका प्रतिवादी चनु साह तेलीलाई पक्राउ गर्न उनी सफल भएका थिए ।

महोत्तरीको पिपरा गाउँपालिका– ५ बस्ने मोसाफिर झा र गीतादेवी झाको हत्या घटना, सर्लाहीको मलंगवा– ९ बस्ने सुशीलकुमार यादवको हत्यामा संलग्न, रौतहटको भगवती गाउँपालिका– ३ स्थित बागमती खोलामा घाँटी र टाउको नरहेको अवस्थामा भारतीय नागरिक आसनारायण साहको हत्यामा संलग्न तथा रौतहटको राजपुर नगरपालिका– २ मा मोतीलाल पटेलको छोरी १४ वर्षीया बालिकालाई अपहरण गरेको घटनाको पनि सफल अनुसन्धान गर्न सिंहको महत्त्वपूर्ण भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोमा लामो समयदेखि कार्यरत हवल्दार नवराज घिसिङ विशेष बढुवा पाउने अर्का प्रहरी हुन् । हालै ५१ केजी हेरोइन बरामद घटनाको अनुसन्धानमा उनी पनि खटिएका थिए । विदेश पठाउन लागिएको चरेससहित विगतमा विभिन्न गिरोहलाई पक्राउ गर्न सफल हुनुमा उनको भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी नियमावलीको नियम ३९ मा विशेष बढुवासम्बन्धी व्यवस्था छ । प्रहरी कार्यालयको मान, प्रतिष्ठा, गौरव बढाउने काम गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरीको छवि उच्च राख्ने प्रहरीलाई विशेष बढुवा गरिने नियमावलीमा उल्लेख छ । एक वर्षमा उत्कृष्ट काम गर्ने बढीमा १० जनासम्मले यस्तो बढुवा पाउँछन् । सर्वाेत्कृष्ट काम गर्नेले राजपत्रअनंकित पदसम्म एक तह विशेष बढुवा पाउने प्रावधान छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh