काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय (जिप्रका) उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुयाल, जिप्रका सुनसरीमा प्रभुप्रसाद ढकाल, जिप्रका ईलाममा दिलिप घिमिरे, जिप्रका नुवाकोटमा रमेश पण्डितको काज सरुवा भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीमा श्यामकुमार महतो, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्ज, केन्द्रीय अनुसन्धान व्यूरो अनुसन्धान महाशाखा महाराजगञ्जमा सञ्जयसिंह थापा, केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालमा रामप्रकाश शाहको काज सरुवा भएको छ ।
गृहमन्त्रालय प्रहरी प्रशासन सिंहदरबारमा सुवासचन्द्र बोहरा, मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुरमा महेन्द्रकुमार श्रेष्ठ, काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा बासुदेव खतिवडा, नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुरमा विष्णुहरि कोइराला र लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरमा तुलबहादुर कार्कीको काज सरुवा भएको सूचनामा उल्लेख छ ।



















