इनरुवा । इनरुवा ३ स्थित अदालत–सखुवागाछी सडक खण्डमा गएराती मालवाहक ट्रकका चालकले मादकपदार्थ सेवन गरि ट्रक चलाउदा स्थानिय घर भित्र पसि दुर्घटना भएको छ ।
दुहवीबाट इनरुवा हुदै पश्चिमतर्फ जादै गरेको ना ४ ख १६६९ नम्बरको ट्रक अनियन्त्रीत हुदै पश्चिम बायाँतर्फको सडक साइड लेन पारगरि पुर्व दायाँतर्फको साइडलेन पार गरेर स्थानिय सुवास राईको घर भित्र गएको हो ।

दुर्घटनाको कारण राईको पक्की संरचना भएको घर कामै नलाग्ने गरि पुर्ण रुपमा क्षतीग्रस्त भएको छ ।bजिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार राती ११ बजेर ३५ मिनेटको समयमा भएको दुर्घटनामा सवारी चालकले दुहवीमा मादक पदार्थ सेवन गरि सवारी चलाएर आएको खुलेको छ ।
स्थानिय युवाहरुले राती दुर्घटना गराउने ट्रकका चालकलाई नियन्त्रणमा लिन खोजेपनि उनी फरार भएका थिए भने ट्रकमा काम गर्ने तिनजना सहचालकहरु पक्राउ परेका थिए ।
ट्रक दुर्घटना भएको स्थानमा सुवास राईको पक्की घरको कोठा रहेको छ । राई दम्पती सुत्ने कोठामा ट्रकले पुर्ण रुपा क्षती पु¥याएको छ । शनिवार राती घरधनी काम विशेषले झापाको दमक गएका कारण मानविय क्षती हुन पाएन ।
इनरुवा ३ सखुवागाछी हुदै दुहवीतर्फ जाने यस सडकलाई इनरुवा नगरपालिकाले वाइपास सडकका रुपमा प्रयोग गरेका कारण प्रायजसो सवै मालवाहक सवारीसाधनहरु चौविसै घण्टा यसै सडकबाट आवतजावत गर्ने गरेका छन ।
मालवाहक सवारीसाधन द्रुत गतिमा बाक्लो आवासिय क्षेत्रबाट कुदाउने गरेका यसक्षेत्रका स्थानियहरु दुर्घटनाको जोखिममा पर्दै आएका छन ।

