Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तल्लो दर्जाका कर्मचारीहरुको नजरमा आईजीपी सिंह


तल्लो दर्जाका कर्मचारीहरुको नजरमा आईजीपी सिंह

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहले जिम्मेवारी सम्हालिरहेका छन् । सेवा प्रवेशदेखि नै व्यवसायिक, कर्तव्यनिष्ठ, परिणाममुखी र अब्बल प्रहरी अधिकारीका रुपमा परिचित सिंहको काँधमा सिंगो नेपाल प्रहरीको नेतृत्व आइरहदा शान्ति सुरक्षा, अपराध अनुसन्धान, न्याय र सुशासनका पक्षमा आम विश्वास देखिएको छ ।

बाहिरी अपेक्षाकाबीच आईजीपी सिंहलाई प्रहरी संगठनकै तल्लो दर्जाका कर्मचारीहरुले भने कसरी हेरेका छन् ? जनप्रभावले तल्लो दर्जाका कर्मचारीहरुको नजरमा आईजीपी सिंहको नेतृत्व, कार्यशैली र अपेक्षा बुझ्ने प्रयास गरेको छ ।

भवानी प्रसाद भट्ट : प्रहरी हवल्दार

उहाँको व्यक्तिगत छवी, काम गर्ने तरिका र हामीजस्ता सबै न्यून दर्जाका कर्मचारीका सन्दर्भमा गर्ने व्यवहार मलाई एकदमै मनपर्छ । एकजना व्यक्तिका सन्दर्भमा नसोचेर सबैको भलाईका विषयमा काम गर्नुहुन्छ । उहाँको उच्च व्यवहारबाट प्रभावित छु ।

उहाँ आइसकेपछि सङ्गठनका विषयमा धेरै राम्रा योजनाहरु ल्याउनुभएको भन्ने सुनेको छु । पढ्नचाँहि पाएको छैन । मैले सातवर्ष अघिदेखि चिनेको कारण उहाँले गर्ने कामहरु एकदमै राम्रो हुनेछ भन्ने विश्वास लिएको छु ।

वेदबहादुर राय : प्रहरी सहायक हवल्दार

भर्खरै उहाँले संगठनको नेतृत्व सम्हाल्नुभएको हो । सङ्गठन प्रमुखका रुपमा उहाँले आगामी वर्षहरुमा चाल्ने कदम र आगामी कामको सन्दर्भमा त म केहि भन्न सक्तिन । तर, अहिले उहाँले गरिरहनुभएको कामका आधारमा निडर, साहसी, निष्पक्ष स्वभाव र सङ्गठनको अभिभावकत्व निभाउन सक्ने व्यक्तित्वको रुपमा देखा पर्नुभएको छ । उहाँले चाल्नुभएको कदमहरुले हामी गौरवान्वित छौं ।

हामीजस्ता निम्न दर्जाका कर्मचारीको सबैको प्रायः एउटै कुरा हुन्छ । पेन्सनको अवधि १६ वर्षमा झरिदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ । अहिले सहायक हवल्दार भन्ने एउटा पद थपिएको छ । यसमा कतिपय कर्मचारीहरु १६-१७ वर्ष जागिर गर्दा पनि यही पोष्टमा काम गरिरहनुपरेको अवस्था छ । उहाँहरुलाई पनि छिटो बढुवा गरेर हवल्दार हुने व्यवस्था गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ । पहिलेभन्दा केही सुधार भएकोचाँहि पक्कै छ । अझैँ सुधार भए झनै राम्रो हुने थियो जस्तो लाग्छ ।

अहिले न्यून दर्जाका कर्मचारी संयुक्त राष्ट्रसंघको मिसनमा जाने कुरा छैन । त्यसको बारेमा उहाँले कुरा उठान गर्नुभएको सुनेको छु । त्यसले हामी जस्ता न्यून दर्जाका कर्मचारीको वृत्तिविकास राम्रो हुनेछ ।

कल्याणकारी कोषमार्फत् अहिले एकजनाले चार लाख रुपैयाँ पाउने व्यवस्था भएको छ । यो क्रमिक रुपमा बढ्दै जाने कुरा हो । यसलाई अझै बढाएर ७–८ लाखसम्म ऋण निकाल्न सक्ने व्यवस्था हुनुपर्छ जस्तो लाग्छ ।

सङ्गठन प्रमुखले जनताका कुराका साथै हामी जस्ता न्यून दर्जाका कर्मचारीको कुरा पनि सुनिदिने वातावरण सिर्जना भयो भने कामको राम्रो वातावरण बन्छ । फिल्डमा खटिएका न्यून दर्जाका कर्मचारीलाई जनताका गुनासाहरु बढी थाहा हुने भएकाले यस्तो हुनुपर्छ ।

कहिलेकाँहि पहुँचका आधारमा डिउटीमा भएको कुरा भन्दा फरकखालको कुरा माथि पुगिरहेको हुन्छ । एकदमै सानो कुरा पनि माथि ठूलो कुराको रुपमा पुगिरहेको हुन्छ । जसले डिउटीमा रहेको प्रहरी कर्मचारीलाई हतोत्साहित गरिरहेको हुन्छ । अहिलेको आईजी’साबबाट भने अहिलेसम्म यस्तो भएको छैन । सत्य कुरा माथि पुग्यो भने डिउटीमा रहेको प्रहरी कर्मचारीले सँधै नियमका आधारमा काम गर्न पाउनेछन् भन्ने लाग्छ ।

देविलाल कैला : प्रहरी सहायक हवल्दार

अहिलेसम्म हामीले देखेअनुसार उहाँको काम गर्ने शैली राम्रो लागेको छ । उहाँले न्यून दर्जाका कर्मचारीका हितका सन्दर्भमा केही नयाँ कदम चाल्नुभएको छ । यसले हामीलाई खुशी प्रदान गरेको छ । यसका अतिरिक्त उहाँले समग्र सङ्गठनलाई नै बलियो बनाउन जुन भूमिका निभाउनुभएको छ, त्यसको प्रशंसा गर्नुपर्छ ।

उहाँ सङ्गठन प्रमुखका रुपमा भर्खरै आउनुभएकोले उहाँको समग्र कामको मूल्याङ्कन अहिले नै गर्न त सकिँदैन । तैपनि सुरुवाती चरणमा उहाँले संगठनलाई जसरी अघि बढाउने सोच बनाउनुभएको छ त्यसले राम्रो गर्ला भन्ने आशा जागेको छ । मिडियामार्फत् बाहिर आएको उहाँका कुराहरु सुन्दा त्यसले सकारात्मक दिशामा सङ्गठन अघि बढ्न लागेको आभास भएको छ ।

उहाँको सन्दर्भमा सञ्चार माध्यममा कुनै नकारात्मक कुराहरु आएका छैनन् । यसले सङ्गठनले निष्पक्ष मान्छे पाएको अनुभव भएको छ ।

न्यून दार्जाको कर्मचारीले सरुवा भएर जाँदा थोरै भए पनि घरपायक भयो भने राम्रो हुनेथियो भन्ने सोचिरहेका हुन्छन् । यसलाई पनि उहाँले मध्यनजर गरिदिनुहुन्छ भन्ने लागेको छ । यसैगरी उहाँले हाम्रो जागिरको अवधि १६ वर्षको मात्र बनाइदिनु हुन्छ कि भन्ने आशा लागेको छ ।

ओमप्रकाश धमला : प्रहरी जवान

उहाँको नेतृत्व क्षमता राम्रो लागेको छ । कार्यशैलीका हिसाबमा पनि उहाँ ठिक हुनुहुन्छ जस्तो लागेको छ । सरुवा बढुवाका कुरामा पनि उहाँले नेतृत्व सम्हालेसँगै राम्रो काम गर्नुभयो । विस्तारै उहाँका कामहरु देखिँदै आएको छ । भविष्यमा पनि उहाँले राम्रो काम गर्नुहुन्छ भन्ने आशा लिएको छु ।

अहिले उहाँले तल्लो तहका कर्मचारीको १६ वर्षमा पेन्सन गराउने जुन कुरा उठाइरहनुभएको छ त्यसको कार्यान्वयन उहाँकै कार्यकालभित्र भइदिए हुन्थ्यो भन्ने लागेको छ । उहाँले हरेक सन्दर्भमा निडर र साहसी निष्पक्ष भएर काम गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु । सरुवा बढुवाका कुरामा पनि उहाँले जसरी चासो लिनुभयो त्यसले सङ्गठनमा उत्साह आएको देखेको छु । यसले सङ्गठन बलियो र तन्दुरुस्त भएको अनुभव भएको छ ।

उहाँले अहिलेसम्म निष्पक्ष भएर सबैलाई समान व्यवहार गर्नुभएकोले उहाँले अभिभावकीय भूमिका निभाउनुभएको पाएको छु । उहाँको कार्यकाल पनि भर्खरै सुरु भएकोले उहाँबाट सँधै यस्तै व्यवहार भइरहोस् भन्ने लागेको छ । हामीले उहाँको कार्यशैलीलाई हेरेर उहाँबाट निकै अपेक्षा र आशा गरेका छौं । पछिसम्म उहाँले यस्तै व्यवहार गर्नुहोला, नहोला त्यो उहाँकाे हातमा छ । समग्रमा उहाँले निष्ठावान् र निष्पक्ष भएर आफ्नो कार्यकाल सक्नुहुन्छ भन्ने लागेको छ ।

सुरज प्रधान : प्रहरी जवान  

आईजीपी’साबका सन्दर्भमा भन्नुपर्दा उहाँको कार्यदक्षता राम्रो लाग्छ । उहाँको कार्यशैली पनि प्रशंसनीय देखिएको छ । उहाँले आफ्ना कामहरु नियमको पालना गरेर गर्दै आएको पाएको छु ।

प्रहरी प्रधान कार्यालयदेखि विभिन्न निकायमा उहाँले संगठनलाई सकारात्मक ऊर्जा दिनुभएको छ । यसले संगठनलाई मजबुत बनाउने सन्देश दिएको छ । आमसञ्चार माध्यमबाट पनि उहाँको कार्यक्षमताको बारेमा जानकारी पाइएको छ । सङ्गठन सुधारिएर गएको देखेका पनि छौं । प्रहरी सङ्गठनको परिचालनमा पनि उहाँले सक्रियता देखाउनुभएको छ ।

सङ्गठनलाई अभिप्रेरित गर्ने काममा उहाँले जोड दिनुभएको पनि महसुस भएको छ । यसले जनतामा सङ्गठनप्रति सकारात्मक आकर्षण पैदा भएको छ । सङ्गठनमा रहेका प्रहरी कर्मचारीको मनोबल उच्च्च बनाउन पनि उहाँले विभिन्न कार्यक्रम गरिरहनुभएको छ ।

राधेश्याम ठाकुर : प्रहरी जवान

प्रहरी प्रमुखका रुपमा आईजीपी’साब आउनुभएसँगै उहाँले सङ्गठनमा निष्पक्षतालाई जोड दिएको पाएको छु । उहाँले सँधै हामी सबैलाई समान व्यवहार गर्नुहोला भन्ने ठानेका छौं । समान व्यवहार पाउनु नै हामी तल्लो तहका कर्मचारीलाई खुशीको कुरा हो ।

मिसनमा जाने कुरा कटौती भएकोमा उहाँले त्यस कुरालाई उठाउनुभएको कारण त्यो पनि अब फेरि आउँछ जस्तो लागेको छ । उहाँ जहाँ बसेर काम गर्नु भएको छ त्यहाँ राम्रो काम गरेर जानुभएको देखिँदै आएको कुरा हो । उहाँले राम्रो काम गरेको कुरा सुनेको पनि छौं र देखेको पनि छौं । तसर्थ उहाँले राम्रो काम गरेर सम्मानपूर्वक आफ्नो कार्यकाल सक्नुहुन्छ भन्ने विश्वास लागेको छ ।

हामीले उहाँबाट अभिभावकत्व महसुस गरेका छौं । नेपालमा भएका विभिन्न घटनाहरुमा उहाँले चनाखो भएर काम गरिरहनुभएको पनि अनुभव भएको छ । प्रहरी सङ्गठनका पक्षमा पनि उहाँले केही गर्नुहोला भन्ने आशा जगाउनुभएको छ । तल्लो तहका कर्मचारीका हितका सन्दर्भमा पनि विशेष योजना तयार गर्दै हुनुहुन्छ । तसर्थ सङ्गठनको हितमा उहाँ लागिरहनुभएको अनुभूति जोकोहीले गरिरहेका छन् भन्न सकिन्छ ।

उहाँको आगमनसँगै प्रहरी कर्मचारीको सुविधाका कुरा, सरुवा बढुवाका कुरामा राम्रो सुधार हुन लागेको आभास भएको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिनुहुनेछ भन्ने लाग्छ । हाम्रो कुरा आइजीपी’साबसम्म पुगोस् भन्ने चाहन्छु ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh