भोजपुर । ज्यान सम्बन्धी कसुरमा जन्मकैदको सजाय ठहर भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको खार्ताम्छा–१ घर भएकी ४३ वर्षीय गीता गुरुङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

२०७७ माघ १२ मा चितवन जिल्ला अदाललते गुरुङलाई जन्मकैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिइन् । सोमबार महाराजगञ्जबाट पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको एसपी कोइरालाले जानकारी दिए ।
चितवनकी मानकुमारी थापाको पतिलाई जग्गा सम्बन्धी विवादमा गुरुङले हत्या गरेकी थिइन् ।

















