इटहरी। सुनसरीको इटहरीमा ट्रकको ठक्करले स्कुटीमा सवार पथरी शनिश्चरेका एक युवाको ज्यान गएको छ।
मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल छन।स्कुटीको पछाडी बसेका सुन्दरहरैंचा-३ गछीयाका २१ वर्षीय मनिस निरौला घाईते भएँका छन।

इटहरीबाट खनारतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरलाई सोही दिशा तर्क जादै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले इटहरी उपमहानगरपालिका-१२ रिलायन्समा सोमबार बिहान सवा ७ बजे ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक दाहालको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।
घाइते निरौलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

