काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ ।शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको छ ।

शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न जाँदा लडेका थिए ।खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो ।
प्रधानसहित ७ जना घुम्न शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा गएका थिए ।
