काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालीका वडा नम्बर २ मा रहेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । कल सेन्टरबाट अवैध गतिबिधी गरेको आरोपमा प्रहरीले कार्यालयमा छापा हानेको रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीले उनिहरुले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’ मा पारेको प्रमाण फेला पारेको बताएको छ । उक्त स्थानबाट प्रहरीले १५० जना किशोर÷किशोरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ ।

प्रहरीका अनुसार जानकीनगरमा चार तल्लाको घरमा तीन वटा फल्याट भाडामा लिएर ३०० कम्पयुटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

एक भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्एप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा प¥यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।

