सुनसरी । देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोल स्थितबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ ।

आज बिहान २ बजे १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह RTI बाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारेको थियो ।प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।
बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको छ ।

















