विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पथरीशनिश्चरे–१ का ३६ वर्षीय वीरबहादुर थापालाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । ब्राउन सुगर बिक्री भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।
थापाले घरको कोठामा लुकाएर राखेको अवस्थामा २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी राईले बताए । उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

















