काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकाे बैठक बहिष्कार गरेको छ।

एक वर्षसम्म पनि लेखा समितिको सभापति सत्तापक्षले एकलौटी राखेको भन्दै सभापति प्रमुख प्रतिपक्षी दलले पाउनु पर्ने अडान राख्दै एमालेले बैठक बहिष्कार गरेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित एमाले सांसदहरू शिवमाया तुम्बाहाङ्फे, गोकुल बास्कोटा, राजेन्द्र गौतम, रघुवीर महासेठ, मैना भण्डारी र सूर्य पाठकले बैठक बहिष्कार गरेका हुन्।
बैठकमा विशाल भट्टराईले भने, ‘समितिको सभापति एमालेलाई दिनैपर्छ । यो स्वभाविक हो । एमालेको सरकार हुँदा एमाले एकचोटी पनि समितिको सभापति छैन ।’
