चन्द्रनिगाहपुर। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नक्कली घुमुवा प्रहरीलाई पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतले आफूलाई प्रहरीको घुमुवा हो भन्दै विभिन्न होटल सञ्चालक तथा यात्रुबहाक बसहरुलाई दुःख दिने गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतले चन्द्रपुरमा रहेको तिवारी होटल, सम्झना होटललगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने विभिन्न यात्रुवाहक बसलाई रोकी म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुःख हैरानी दिने गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तु प्रसाद जैसवारले बताए ।
जैसवारका अनुसार बस्नेतले गत सोमबार राति चन्द्रनिगाहपुर मेन चौक नजिक रहेको तिवारी होटेल अगाडि सावर्जनिक बाटोमा उपस्थित मानिसहरुलाई आफू नेपाल प्रहरीको घुमुवा पुलिस हो भनि अनावश्यक डरधाक देखाई दुःख हैरानी दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

