जन प्रभाब-सम्बादाता / २०७७ जेठ १४ गते बुधबार ।
सर्लाही : सर्लाही जिल्लाको बसबरिया गाउँपालिकामा मंगलबार राती एक वृद्धको विभत्स गरिएको छ । बसबरिया गाउँपालिका-५ धनगढा निवासी करिब ७५ वर्षिय रामअधिन रायको घरेलु हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी गराएका छन् ।
मृतक आफ्नै आँपको बगैचामा सुति रहेको अवस्थामा गएराती अनुहार र टाउकोमा घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रनाउ कुवँरले जनाए ।
हत्याको आरोपमा अन्दाजी वर्ष ४० का बिनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान आफ्नै घरमा खाटमुनी लुकेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राय मृतकको आफ्नै कान्छो छोरा रहेको प्रहरीले जनाएको छ ।
जग्गा जमिनको विषयलाई लिएर विगत केही दिनदेखि आफ्नै कान्छो भाईले मदिरा सेवन गरेर पटक पटक बुबालाई गाली गलौज र कुटपिट गर्दै आएको मृतकका जेठो छोरा रामविश्वास रायले जानकारी दिएका छन् । पक्राउ परेका रायसंग घटना के कसरी भएको हो, भन्ने विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

