मकवानपुर , जेठ १४ गते बुधबार । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


















