काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको पक्षमा काम गरे पार्टीप्रति जनविश्वास बढ्ने बताएकी छिन् । नेपाली काँग्रेस पर्वतद्वारा आयोजित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले सुरुवातदेखि नै राम्रो काम गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी उनले भनिन्, ‘विहानीले दिनको संकेत गर्छ भने झै तपाईहरुले सुरुमै राम्रो काम थाल्नुपर्छ। यसले पार्टीप्रति जनविश्वास पढ्छ । हरेक दिन सकारात्मक सोच्नुस् । सकारात्मक उर्जा निकाल्नुस् । हामीले देश बनाउने हो ।’
उनले जनता र पार्टीका सार्थीहरुको सम्बन्धन सँगसँगै लिएर अगाडि बढ्न उनले आग्रह गरिन् । नेतृ देउवाले पार्टीभित्र तमासा हुँदा स्वतन्त्रहरु अगाडि आएको बताइन् । ‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आए । आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छ,’ उनी भन्छिन्, ‘हामी मिल्नुपर्छ । भोलि चुनावमा जित्ने कुरा गरिरहेका छौं । त्यसका लागि घर बलियो बनाउनुपर्छ ।’
