Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी, महासङ्घको सदस्यता खारेज

स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी, महासङ्घको सदस्यता खारेज

काठमाडौं । स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ ।

नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष र व्यावसायिक तुल्याउन महासङ्घले चालेको शुद्धीकरणको अभियानअन्तर्गत सक्रिय राजनीतिमा लागेका पत्रकारलाई महासङ्घबाट बिदाइ गरिएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्मको विवरणअनुसार महासङ्घमा सदस्य रहेका ७७ जना पालिकाको प्रमुख उपप्रमुखसहित विभिन्न पदमा विजयी र २०७ जना उम्मेदवार रहेका थिए ।

विजयी भएकालाई महासङ्घले साधारण सदस्यताबाट स्वतः हटाएको छ भने उम्मेदवार भएका वा उम्मेदवार भएर फिर्ता लिएकालाई महासङ्घको केन्द्र, प्रदेश र जिल्ला कमिटीको पदाधिकारी वा कार्यसमितिमा रहेकाको हकमा उक्त जिम्मेवारीबाट मुक्त गराई साधारण सदस्य हटाउने तयारी गरेको छ ।

महासङ्घका केन्द्रीय सदस्य शान्त आङबुहाङ र दीपेन्द्र रुम्दाली राईसहित ३० जना सदस्यले उम्मेदवारी दिनुअगावै महासङ्घबाट राजीनामा दिएका थिए । महासङ्घले ती राजीनामा स्वीकृत भइसकेको जनाएको छ ।

महासङ्घले ‘प्रेस स्वतन्त्रताको रक्षा गर्दै स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकासका लागि कार्यरत नेपाली पत्रकारलाई सङ्गठित गरी उनीहरुको पेशागत हक, हित र श्रम अधिकारको संरक्षण र संवद्र्धन’का लागि कार्य गर्दै आएको छ ।

उम्मेदवारी दिएकालाई पनि साधारण सदस्यताबाट किन नहटाउने भन्ने विषयमा महासङ्घले प्रक्रिया अघि बढाएका बेला स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई फिर्ता लिएका भक्तपुर जिल्ला शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले सर्वोच्च अदालतमा रिट निवेदन दिएका कारण हाल कारबाही प्रक्रिया रोकिएको छ । सर्वोच्च अदालतले लिखित जवाफ माग गरेकाले शुक्रबार महासङ्घले जवाफ दिने तयारी गरेको छ ।

महासङ्घका महासचिव रोशन पुरीका अनुसार महासङ्घका सदस्यमध्ये प्रदेश नं १ मा २८ जना उम्मेदवार र १४ जना विजयी, मधेस प्रदेशमा २४ जना उम्मेदवार र पाँच जना निर्वाचित, बागमती प्रदेशमा ४१ जना उम्मेदवार र १३ जना विजयी, गण्डकी प्रदेशमा ३३ जना उम्मेदवार र १५ जना विजयी भएका थिए ।

यस्तै पत्रकारिताबाट राजनीतिमा लागेकामध्ये लुम्बिनी प्रदेशमा ३७ जना उम्मेदवार र १५ जना विजयी, कर्णाली प्रदेशमा २४ उम्मेदवार, १२ जना विजयी र सुदूरपश्चिम प्रदेशमा २० जना उम्मेदवार र १० जना विजयी भएका थिए ।

स्थानीय तहमा निर्वाचित वा पराजित भएपछि मधेस प्रदेश कमिटीका सचिव भोला पासवान, महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, भक्तपुर शाखाका अध्यक्ष प्रजापति, म्याग्दी शाखाका पूर्वअध्यक्ष सल्लाहकार सुरत केसी, प्यूठानका शाखाका पूर्वध्यक्ष महावीर रानालगायतलाई महासङ्घको जिम्मेवारीबाट मुक्त गराइएको छ ।

निर्वाचनमा उम्मेदवार र विजयी भएका सदस्यलाई नेपाल पत्रकार महासङ्घको विधान, २०६० ९पाचौँ संशोधन, २०७५० को दफा ३२ को अनुशासन र कारबाही एवं दफा ३३ को आचारसंहितसम्बन्धी व्यवस्थाबमोजिम कारवाही प्रक्रिया अघि बढाइएको हो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा गत वैशाख ८ गते भएको केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक (भर्चुअल)ले निर्वाचनमा उम्मेदवार बन्न चाहने सदस्यले महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर उम्मेदवारी दिन आग्रह गर्न गरेको निर्णय वैशाख १२ गते विज्ञप्ति जारी सार्वजनिक भएको थियो ।

विधानको दफा ७ को सदस्यता समाप्तिमा दफा ३२ को घ बमोजिम विधान प्रतिकूल कार्य गरेको भन्ने ठहर भएमा भन्ने व्यवस्था पनि गरेको छ ।

निर्वाचनमा स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्न तथा पत्रकार आचारसंहिताको पालना गर्न सदस्यलाई आग्रह गर्दै आएको महासङ्घको गत जेठ १५ गते काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यको बैठकले महासङ्घमा सदस्य रहेर उम्मेदवारी दिएका तथा विजयी भएकालाई जिम्मेवारी र सदस्यताबाट हटाउने प्रक्रियाका सम्बन्धमा निर्णय गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh