झापा । अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका २४ वर्षीय सुक्लो सोरेनलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल फागुन १ गते उच्च अदालत बिराटनगरले सोरेनलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि उनी फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढी भद्रपुरमा उपस्थित गराएको हो ।
कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय चन्द्रगढी पठाउने अदालतको आदेश बमोजिम हाल सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जानकारी दिएको छ । उनले ६ बर्ष ८ महिना २० दिन कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ ।

















