अन्यायमा परेका उत्तमराज सुवेदीलाई नवनियुक्त आईजीपी धिरज प्रताप सिंहले सुवेदीलाई दियो न्याय
काठमाडौं । झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीभित्र ल्याएको ठूलो उथलपुथल प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन् ।

ओलीले आफूलाई मन परेका र दलालहरूले ल्याएका नामलाई अवसर दिनेदेखि बढुवा गर्नेसम्मका हर्कत गरेका थिए । ओलीले त्यो बेला दुईतिहाईको दम्भको आहँकारमा प्रहरीका उच्च अधिकारीहरूको मानमर्दन गरेका थिए ।
एसएसपीबाट डीआईजीमा बढुवा होस् वा डीआईजीबाट एआईजीमा बढुवाको निर्णय होस् ओलीले आफू निकटकालाई मात्रै अवसर दिएका थिए । त्यो बेला तत्कालीन एसएसपी धिरजप्रताप सिंहसहितका उच्च अधिकारीहरू अन्यायमा परेका थिए ।
पछि बल्ल बल्ल डीआईजीमा बढुवा हुन पुगे । सिंहसहितका उच्च अधिकारीलाई दुईतिहाईको कम्युनिस्ट सरकारले तलै थिचेर राख्न खोजेको थियो ।
ओली सरकारले जति नै थिचे पनि रोलक्रमअनुसार बढुवा हुनै पर्ने थियो । वरीयता मिचेर ओलीले विश्वराज पोखरेललाई डीआईजी र एआईजीपमा बढुवा गरेर ठूलो अन्याय गरेका थिए ।
ओलीको कोपभाजनमा परेका उच्च अधिकारीहरूले क्रमशः ठाउँ पाउँदै गएका छन् । नेपाली कांग्रेस नेतृत्वको सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेर न्याय दिएको छ ।
सिंह प्रहरीभित्र हकी स्वभावका कमाण्डिङ गर्न क्षमताका व्यक्ति मानिन्छन् । सिंहले आईजीपीको कमाण्ड सम्हाल्नेवित्तिकै प्रहरीभित्र उत्साह छाएको छ । प्रहरी संठनभित्र आईजीपी सिंहले कुनै पनि भेदभाव, अन्याय नगरेर क्षमता, कार्यकुशलताका आधारमा काम गर्ने बताएका छन् ।
आफू वरिष्ठ हुँदाहुँदै अन्यायमा परेर आईजीपीको पदमा पुगेको सिंहले आफू निकटका उच्च अधिकारीहरूलाई बताउने गरेका छन् । अन्याय र वरिष्ठता मिचिएको कुरा सहेर आएका सिंहले आफूले जस्तो अन्याय अरुलाई नहोस् भन्ने सतर्क रहेको बताउने गरेका छन् ।
- अन्यायमा परेका उत्तमराज सुवेदीलाई राखेर आईजीपी धिरज प्रताप सिंहले सुवेदीलाई न्याय दियो

त्यसैक्रममा : नेपाल प्रहरीमा सहज रुपमा एआइजी बढुवा सिफारिस भएको छ । पाँच रिक्त पदमा पाँचै जना डिआइजी मात्र प्रतिस्पर्धी भएपछि बढुवामा ठूलो समस्या भएन ।

को पहिलो नम्बरमा हुने भन्ने प्रतिस्पर्धा थियो । जसमा यसअघि अन्यायमा परेका उत्तमराज सुवेदीलाई राखेर आईजीपी धिरज प्रताप सिंहले डीआईजी सुवेदीलाई न्याय दिएको छ ।
उता एआइजी बढुवामा समस्या नभएपनि पदस्थापन र सरुवामा प्रतिस्पर्धा छ ।
एआइजीको पहिलो रोजाई उपत्यका प्रहरी कार्यालयको प्रमुखमा हो । जसमा हाल त्यही कार्यरत उत्तमराज सुवेदीसहित सहकुल थापादेखि रबिन्द्र धानुक दाबेदार छन् । त्यसपछिको रोजाईमा मानव स्रोत विकास विभाग, प्रशासन विभाग र प्रहरी एकेडेमी हुने गरेको छ । कार्य र अपराध अनुसन्धान विभागमा बस्न एआइजीहरु रुचाउने गरेका छैनन् ।
अर्काे एक दरबन्दी प्रदेश समन्वय कार्यालयमा छ । आइजिपी बढुवाविरुद्ध मुद्दा लडेका विश्वराज पोखरेललाई सो कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, एआइजी बढुवासँगै तीन प्रदेशमा प्रहरी नेतृत्व रिक्त भएको छ ।
प्रदेश नम्बर १ मा कार्यरत अरुण कुमार बिसी, बागमती प्रदेशमा कार्यरत पूजा सिंह र गण्डकी प्रदेशमा कार्यरत दिवेश लोहनी एआइजी बढुवामा सिफारिस भएका हुन् । अब नयाँ डिआइजी बढुवा भएपछि मात्र प्रदेश पठाउने सम्भावना छ ।

















