महाेत्तरी। सशस्त्र प्रहरी बल दुई मधेस प्रदेशले लागुऔषध बरामद गरेको छ। बाराकाे बलाैली बिओपीबाट सई लिला बहादुर थारा समेतको टाेलीले साठी केजी गांजा बरामद गरेको हो ।

गश्तीमा रहेको सशस्त्र प्रहरी देख्नेबित्तिकै टाउकोमा बाेकेकाे सामान छाेडेर भागेको र चेकजाँच गर्ने क्रममा गांजा रहेको सशस्त्र प्रहरीको बाहिनीले जानकारी दिएको छ।
त्यसैगरी सर्लाहीको बिष्णु गांउपालिकामा पनि बाहिनीकाे स्क्वार्ड टाेली र स्थानीय सई चेत बहादुर थापामगर समेतको संयुक्त टाेलीले १६० थान लागुऔषध काेरेक्स बरामद गरेको बाहिनीले जानकारी दिएको छ।

