पर्सा , जेठ १० गते सनिवार । पर्सा जिल्लाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् ।
डिष्चार्ज हुनेहरुमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए । नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना मध्ये शनिबार ९ जना निको भएर डिस्चार्ज गरिएको हो । उनीहरुको डिस्चार्जपछि नारायणी अस्पतालमा अब ६२ जना मात्र संक्रमित बाँकी रहेका छन् ।
यो सँगै नेपालमा अहिलेसम्म ७९ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।


















