आलोक यादव / चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहाल र एमाले–राप्रपाबिच कडा टक्कर देखिएको छ । लगातार लिड गरेकी दाहालको अग्रता कायमै छ ।

अहिलेसम्म गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ७२७ मत पाएकी छन् । यस्तै सुवेदीले १६४७ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५७९ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत पाएका छन् भने राप्रपाको उम्मेदवारले हिमला गुरुङले १३३३ मत पाएकी छन् ।
भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

















