धनगढी । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १ र १४ मा नेपाली कांग्रेसका सुर्यनाथ यादव र अमित ठकुरीको प्यानल विजयी भएका छन्।

वडा नम्बर १ को अध्यक्षमा सुर्यनाथ यादव ७४५ मत प्राप्त गरी विजयी भएको छ। उनको निकटतम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार शुर्यनारायण महतो कोइरी ५४४ मत ल्याएका छन्।
वडा नम्बर १४ का अमित ठकुरीले ५२२ मत प्राप्त गरी विजयी भएको छ। उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार नरेन्द्र सुनवारले ३३८ मत प्राप्त गरेका छन्।

