काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको कार्यालयमा सनिवार आयोजित एक कार्यक्रमकाबीच संघका नव नियुक्त अध्यक्ष कुसुम सिंहको स्वागत तथा निवर्तमान अध्यक्ष श्रीमती सिर्जना थापाको विदाई कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले निवर्तमान अध्यक्षलाई सम्मान सहित विदाई गर्नु भएको छ भने नवनियुक्त अध्यक्षलाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिनु भएको छ ।






















