Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हतियार र लागु औषधसहित पक्राउ परेका आरोपित रिहा गर्न माग


कोशी , जेठ १० गते । हतियार र लागु औषधसहित पक्राउ परेका आरोपित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ का कृष भनिने ३६ वर्षीय कृष्णकुमार यादवलाई रिहा गर्न समाजवादी पार्टी सप्तरीले माग गरेको छ।
 
समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले बिहीबार विज्ञप्ति जारी गरी समाजवादी पार्टीका हनुमाननगर कंकालिनी नगरपालिका कार्यसमितिका पूर्वकोषाध्यक्ष कृषको रिहाइको माग गरेका हुन्।

कृषलाई एक थान कटुवा पेस्तोल, तीन थान गोली र लागुऔषधसहित पक्राउ गरी सुनसरी प्रहरीले बुधबार हातहतियार खरखजाना ऐन तथा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही सुरु गरेको छ।    

सुनसरी प्रहरीका अनुसार कृष सवार बीआर ५० पी १२४१ नम्बरको भारतीय नम्बर प्लेटको गाडीबाट एक थान कटुवा पेस्तोल, तीन राउण्ड गोली, २५ बोतल डाइलेक्स डिसी, ५७६ क्याप्सुल स्पास्मो प्रोक्सिभोन प्लस, १६० ट्याब्लेट नाइट्रोसन, ७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको छ। 

बुवा बद्रीनारायण यादवको हत्यापछि परिवारको संरक्षणका लागि नेकपा माओवादी र भुमिगत सशस्त्र समूहमा हिंडेका उनीमाथि ६ जनाको हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको आरोप रहेको र अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिएका छन्।

स्थानीय तहको निर्वाचनको संघारमा ०७४ जेठ १७ गते सप्तरीको हनुमाननगरमा आयोजित एक समारोहमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबाट अबिर ग्रहण गरी कृष फोरम प्रवेश गरेका थिए। उनकी आमा सियावती यादवलाई फोरमले हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको थियो। 

संरक्षणका लागि सत्तासिन पार्टीसँग नजिकिने कृषमन्त्री पदबाट उपेन्द्र हटेपछि पछिल्लो समय नेकपा प्रवेशको तयारीमा थिए। प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित पूर्व-पश्चिम लोकमार्गमा चेकजाँच गरी अवैध हतियार र लागु औषधसहित कृषलाई पक्राउ गरेको र कारवाही सुरु गरिएको जनाएको छ।

यता समाजवादी पार्टी सप्तरीका अध्यक्ष यादवले सुनसरीको भण्टाबारीस्थित लक्ष्मी किराना पसलको अगाडी गाडी रोकी ट्रयाक्टर मालिकसँग कुरा गरिरहेका बेला सुनसरीका डिएसपी विनोद शर्माको नेतृत्वको टोलीले प्रहरीको गाडीमा राखी इनर्वा लगेको दावी गरेका छन्। प्रहरीले कपोलकल्पित र षडयन्त्रपूर्वक यादवलाई फसाउँन खोजेको भन्दै अध्यक्ष यादवले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न र कृषलाई रिहा गर्न माग गरेका हुन्। 

सुनसरीको कोशी गाउँपालिका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले कोशी गाउँपालिका ८ स्थित भण्टाबारी बजारमा राहत वितरणका सम्बन्धमा छलफल भइरहेको स्थानबाट कृषलाई प्रहरीले नियन्त्रणमा लिएको र तत्काल गाडी खानतलाशी गर्दा केही नभेटिएको जनाएको छ। 
    
१ नम्बर प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुमनकुमार तिम्सिनाले थप जनशक्ति भोक्राहामा आएपछि मात्र चेकजाँच गरिएको बताए। सुनसरीका डीएसपी शर्माले पनि तत्कालीन माओवादीका नेता मातृका यादवको एके ४७ र एसएमजीसहित भागेका कृषसँग सोही हतियार रहेको आंशका गरिएकाले भिड भएको भन्टाबारीमा खानतलासी नगरिएको बताएका छन्। प्रहरीको अनुपातमा भण्टाबारीमा भिंड बढी भएको र २० मिनेटदेखि सो ठाउँमा कृष बसेकाले त्यहाँ कुनै दुर्घटना हुन नपाओस भनेर बाटोमा थप प्रहरी मगाएर चेकजाँच गरिएको शर्माले बताए। 

भारतीय ठेकेदारका लागि कोशी बाँधको स्पर मर्मत सम्भारको काम गरिरहेका कृष लकडाउनका बेला भू-अर्जन कार्यालय बिराटनगरको पास लिई भारतीय गाडीमा सप्तरी, सुनसरी, मोरङ्ग आवतजावत गर्ने गरेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

11 months पहिले
लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

12 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 year पहिले
हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh