Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वरीयता नमिचेकाे भए डीआईजी नै हुन्थे विश्वराज पोखरेल


वरीयता नमिचेकाे भए डीआईजी नै हुन्थे विश्वराज पोखरेल

काठमाडौं । नेपाल प्रहरीमा सबैभन्दा बढी वरीयता मिच्दै अगाडि बढाइएका एआईजी विश्वराज पोखरेल आईजीपीमा नियुक्त नभएपछि सर्वोच्च अदालत गएका छन् ।

पोखरेल २०७७ मंसिर २४ गते एआईजीमा बढुवा भएका थिए। त्यतिबेला पनि वरीयता मिचेर र हुँदै नभएको दरबन्दी थप गरेर पोखरेललाई एआईजी बनाइएको थियो। डीआईजीमा बढुवा हुँदा पनि उनले बरियता मिचेका थिए। एसपीबाट एसएसपीमा बढुवा हुँदाबाट उनले बरियता मिच्न थालेका हुन्।

२०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई उछिनेका थिए। पोखरेलप्रति प्रहरीभित्र असन्तुष्टि त्यहीँबाट सुरु भएको थियो।

पोखरेलले त्यतिबेला आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचलाई पनि त्यतिबेला उछिनेका थिए। एसएसपीबाट अगाडि लागेका पोखरेल डीआईजीमा पनि एकल बढुवा भए।

एसएसपीमा उनले आफ्नो ब्याचका सबै र अघिल्लो ब्याचका प्रकाशजंग कार्की, वशन्तकुमार पन्त, सञ्जयराज शर्मा, ईश्वरबाबु कार्की, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण र देवबहादुर बोहरालाई पछि पारेका थिए।

डीआईजीमा एकल बढुवा हुँदा घनश्याम अर्याल, गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेललाई पनि पछि पारे। २२ महिना पहिले नै अघिल्लो ब्याचलाई छाडेर डीआईजीबाट सिधै आईजीपी बन्न जोड गरेका थिए। तर त्यतिबेला एआईजीमै पछि परेपछि उनी आफ्नो ब्याचबाट आईजीपी हुनेमा ढुक्क थिए।

पोखरेलका लागि केपी ओली नेतृत्वको सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी नै थपिदिएको थियो। त्यसअघिसम्म महानगरीय प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थियो।

तर, ओली सरकार बहिर्गमनको डिलमा पुगेपछि पोखरेललाई निर्विकल्प आईजीपीको बाटोमा धक्का लाग्यो। ओली सरकार ढल्ने बेलामा सहकुल थापालाई २०७८ असार २१ गते एआईजीमा बढुवा गरेको थियो।

थापा पनि पोखरेल जस्तै नयाँ दरबन्दी थपेर एआईजीमा बढुवा भएका थिए। उनका लागि कार्य र अपराध अनुसन्धान विभागलाई विभाजन गरिएको थियो। एसएसपी हुँदासम्म ब्याचीभन्दा पनि पछि रहेका थापा पनि डीआईजीबाट आफ्नो ब्याचको दोश्रो नम्बर अथवा पोखरेलपछिको वरियतामा आइपुगेका थिए।

भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका धिरज प्रताप सिंह भने सत्ता अनुकुल नहुँदा पछाडी पारिँदै गए। तर उनले आफू पछाडी पर्दा र छुट्दा पनि मुद्दा मामिलामा गएनन्। तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि भने धिरज प्रताप सिंहका दिन फिरेका हुन्।

गत चैतमा सरकारले धिरजप्रतापसहित तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यो बढुवासँगै आईजीपीमा टक्कर बढेको थियो।

अन्तत : देउवा सरकारले धिरजप्रतापलाई नै आईजीपी नियुक्ति गरेका हुन्। धिरज आईजीपी भएसँगै दुई एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका हुन्।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह

आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । तर, वरियतामा भने उनी तेस्रो नम्बरमा थिए । 

वरियतामा पहिलो र दोस्रो नम्बरमा रहेका एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापालाई पाखा लगाउँदै सरकारले तेस्रो नम्बरको आईजीपी बनाएको हो । सरकारको निर्णयप्रति असन्तुष्ट एआईजीहरु पोखरेल र थापा आइतबार अपराह्न भएको आईजीपी शैलेश थापा क्षेत्रीको बिदाइ कार्यक्रममा समेत उपस्थित भएका थिएनन् । 
 

गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । 

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् । उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए । 

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए । उनले सबै एआईजीहरु १२ चैत २०४९ सालमा नियुक्त भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारे ।

  • आईजीपी विवाद : यस्तो छ सर्वोच्चले अन्तरिम आदेश जारी नगर्न टेकेको आधार 

सर्वोच्च अदालतले नेपाल प्रहरीका २९औं आईजीपी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले अन्तरिम जारी नर्गनका लागि टेकेको प्रमुख आधार भनेको बढुवाका परेका आईजीपी धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न पाएर काम सुरु गर्नुलाई टेकेको छ।

वरिष्ठताको तेस्रो नम्बरमा रहेका सिंहले सर्वोच्चको यो आदेशसँगै अब निर्वाचनको कमान्डर सम्हाल्नेछन्। उनलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रहरी प्रमुखको रुपमा काम गर्न अब कुनै कानुनी वाधा नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले विश्वराज पोखरेलले उठाएको मुद्दा फैसलाका क्रममा सम्बोधन हुने भएकाले अहिले अन्तरिम जारी हुन नपर्ने ठहर प्रारम्भिक रुपमा गरेको छ।

सर्वोच्चले यो विवादको सुनुवाइ छिट्टै निर्णय गर्नुपर्ने भन्दै अर्को पेसी जेठ १७ गतेका लागि इजलासबाटै तोकेको छ। सर्वोच्चले उक्त दिन मुद्दा सार्न नपाइने भनेको छ। ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउँ भनी माग गर्नुभएको सन्दर्भमा विचार गर्दा विपक्षीमध्येका धीरजप्रताप सिंह निवेदकभन्दा कनिष्ठलाई चैत १७ मा मात्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका व्यक्तिलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ समेतको बर्खिलाप हुने गरी प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने गरी भएको वैशाख १८ को मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न, यथास्थितिमा राख्न र प्रहरी महानिरीक्षक पदको हैसियतले विपक्षी धीरजप्रताप सिंहलाई कुनै पनि कार्य नगर्नु/नगराउनु भन्नेसमेत अन्तरिम आदेश माग गरेको देखियो,’ आदेशमा भनिएको छ, ‘उल्लिखित चैत १८ को निर्णय कार्यान्वयन भई वैशाख १९ गते दर्ज्यानी चिह्नसमेत प्रदान गरिसकेको भन्ने सम्मिलित हुन आउनु भएका विद्वान् महान्यायाधिवक्तालगायतका कानून व्यवसायीहरुका बहसबाट समेत जानकारी हुन आएको छ।’

काम नै सुरु गरिसकेको अवस्थामा उसलाई प्रहरी प्रमुख नबनाउनु भनी अन्तरिम आदेश जारी गर्न नसकिने सर्वोच्चले जिकीर गरेको छ। ‘निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धीरजप्रताप सिंहले काम सुरुसमेत गरिसकेको भन्ने देखियो,’ आदेशमा भनिएको छ, ‘निवेदकले उठाउनु भएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुनवाइका समयमा विवेचना भई न्यायिक निरोपण हुने नै हुँदा हाल निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन।’

प्रहरी प्रशासनको प्रमुख प्रहरी महानिरीक्षकको पदमा गरिएको बढुवा नियुक्ति कानुन बमोजिमको प्रक्रियाबाट नभएको भन्ने संवेदनशील प्रश्नसँग सम्बन्धित भएको र निवेदकको सेवा अवधि मिति साउन २० सम्म मात्र भएको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनको सुनुवाइ छिटो छरिटो रुपमा हुन आवश्यक देखिएकोले लिखित जवाफ पेस गर्न म्याद नथामिने गरी पेश गर्न सर्वोच्चको आदेशमा भनिएको छ।


‘दुवै पक्षका तर्फबाट पेसीसमेत स्थगित नहुने पूर्व जनाउ दुवै पक्षलाई दिई पूर्ण सुनवाइको लागि जेठ १७ गतेको पेसी तोकी पेस गर्नु,’ आदेशमा भनिएको छ, ‘निवेदक र विपक्षी धीरजप्रताप सिंहको व्यक्तिगत फाइल र निवेदनमा उल्लेखित चैत १८ को प्रस्तावसहितको निर्णय मिसिलसमेत झिकाई नियमबमोजिम पेस गर्नु ।’

  • एआईजी थापा नियमित काममा !

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन विदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा विदा नबसेर काममा फर्किन तयार भएका हुन् ।

थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन् । पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्।

पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् । उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ ।

निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई विदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए ।

अर्का एआईजी रबिन्द्र धानुक भने धिरज आईजीपी भएकोमा सन्तुष्ट देखिएका छन्। सामाजिक सञ्जालमा उनले बधाईसमेत दिइसकेका छन्।

आईजीपीका चारजनै दाबेदार २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। भर्ना हुँदाकै पहिलो नम्बरमा धिरज प्रताप सिंह थिए। धिरज प्रताप सिंह पछि दिवेश लोहनी, उत्तमराज सुवेदी, वसन्तकुमार लामा थिए। उनीहरुपछि मात्रै पोखरेल थिए। यो बरियता एसएसपीसम्म रहेको थियो। त्यसपछि अनुकुल सत्ताहुँदा विश्वराजले फड्को मारेका थिए।

लोहनी, सुवेदी र लामा भने अहिले पनि डीआईजी नै छन्। बरियता नमिचेको भए विश्वराज पनि डीआईजी नै हुन्थे। आईजीपी थापाकै ब्याची मध्ये धेरै डीआईजी नै छन्। तर, आफ्नो अनुकुल सत्ता हुँदा बरियता मिचेका पोखरेल अहिले आफैं बरियताको मुद्दा लिएर सर्बोच्च पुग्नेका हुन्।

पहिले बरियता मिचेर अगाडी बढेकै कारण अघिल्लो ब्याच एसएसपीमै घर जान लाग्दा पोखरेल आईजीपीको नजिक पुगेका हुन्। पहिले आफैं वरियता नमिचेको भए पोखरेल उमेर हदका कारण डीआईजीबाटै घर जानु पर्ने अवस्था थियो।

पोखरेल साउन २० गतेपछि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh