एजेन्सी । युक्रेनमाथि रुसले आक्रमण जारी राखेको अवस्थामा अमेरिकी वायु सेनाले युद्धपोत नै ध्वस्त पार्न सक्ने नयाँ स्मार्ट बम परीक्षण गरेको छ।

अमेरिकी वायु सेनाले जीबीयू–३१/बी ज्वाइन्ट अट्याक बम परीक्षण गरेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार अमेरिकाले परीक्षण गरेको उक्त बम ९०० किलोको हो।एफ–१५ई लडाकु विमानबाट उक्त बमको परीक्षण गरिएको हो।
अमेरिकी वायु सेनाले सार्वजनिक गरेको बम परीक्षणको भिडियोमा उक्त बमले एउटा युद्धपोतलाई नै ध्वस्त पारेको देख्न सकिन्छ।
अमेरिकाले ‘क्विकसिंक’ प्रोग्रामअन्तर्गत यो बम बनाएको हो। यसको परीक्षण मेक्सिको खाडीमा गरिएको हो।
अमेरिकी सेनाले परीक्षणको क्रममा प्रयोग भएको जहाज पुरानो कार्गो जहाज भएको बताएको छ। अमेरिकी सेनाले गत वर्ष नै सार्वजनिक रुपमा क्विकसिंक प्रोग्रामको घोषणा गरेको थियो।
अहिले परीक्षण गरिएको बम जीपीएसले युक्त छ। यो बमको अगाडिको भागमा एक उपकरण जोडिएको हुन्छ, जसले लक्ष्यलाई खोजेर आक्रमण गर्न सक्छ।
यसले २४ किलोमिटर टाढाबाट निशानामा प्रहार गर्न सक्छ।
