चितवन। चितवनको भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न भुइँकटहर पाएका छन्। उनलाई निर्वाचन आयोगले भुइँकटहर चुनाव चिह्न दिएको हो।

सत्तारुढ गठबन्धनको भागवण्डामा नेकपा माओवादी केन्द्रलाई परेको भरतपुर महानगरपालिकामा रेनु दाहाल गठबन्धनबाट उम्मेदवार भएकी छन्। कांग्रेसका नेता तथा कार्यकर्ताको व्यापक विरोध भएपछि पौडेलले उम्मेदवारी दिएका थिए ।
उनलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठसमेत भरतपुर पुगेर फकाउने प्रयास गरेका थिए। तर, उनले उम्मेदवारी फिर्ता लिएनन्।
उनले उम्मेदवारी फिर्ता नलिएपछि उनलाई नेपाली कांग्रेसले क्रियाशिल सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासित गरिसकेको छ।
