Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनावको मुखमा को बन्दैछ प्रहरीको २९ औँ महानिरीक्षक ?

चुनावको मुखमा को बन्दैछ प्रहरीको २९ औँ महानिरीक्षक ?

काठमाडौं । स्थानीय तहको चुनाव ३० वैशाखमा हुँदैछ । यहीबीचमा दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व फेरिँदैछ ।

एक हप्तापछि १९ वैशाखमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र ३० चैतमा मात्रै आईजीपी नियुक्त भएका सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाँदैछन् । 

क्षेत्री र केसी दुवै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरीमा १९ वैशाखमा नियुक्त गर्ने गरी डीआईजी राजु अर्याललाई निर्विकल्प रूपमा अघि सारिएको छ ।

उनलाई ४ वैशाखमा बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको छ । उनी आज एआईजीको फुली लगाएर त्यसको केही दिनमै सशस्त्रको आईजीको चारवर्षे कार्यकाल सम्हाल्नेछन् । तर, नेपाल प्रहरी आईजीपीको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ । 

आईजीपीको दौडमा १९ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सँगै सेवा सुरु गरेका एआईजी विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिस्पर्धामा छन् । 

प्रहरी उपरीक्षक (एसपी) सम्मको बढुवाको ट्र्याक रेकर्डअनुसार एआईजी सिंह एक नम्बरमा थिए । तर, एसएसपी बढुवा हुँदा पोखरेल एक नम्बरमा बढुवा भए भने थापा छुटे । एसएसपीमा केही समय ढिलो गरेर बढुवा भएका थापा, सिंह र धानुक एकैपल्ट २८ चैत २०७६ मा डीआईजी बढुवा भए । 

तर, पोखरेल भने डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा ज्यान गएपछि रिक्त रहेको दरबन्दीमा उनीहरूभन्दा पहिला नै १९ वैशाख २०७६ मा एकल बढुवा भए । पोखरेलको त्यो क्रम एआईजी हुँदासम्मै कायम रह्यो । 

तत्कालीन केपी ओली नेतृत्वको सरकारले बिनाप्रतिस्पर्धा आईजीपी बनाउने उद्देश्वसहित पोखरेललाई एआईजीको एक दरबन्दी नयाँ थप गरेर नै बढुवा गर्‍यो । एमाले नेता ईश्वर पोखरेलको जोडबलमा उनी एक वर्षअघि २४ मंसिर २०७७ मा एआईजी भएका थिए । त्यो बेला उनको बढुवाविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी नै परेको थियो ।

समितिले ओली नेतृत्वको सरकारलाई पोखरेलको बढुवा कार्यान्वयन नगर्नसमेत निर्देशन दिएको थियो । तर, राज्य व्यवस्था समितिले निर्देशन दिएको भोलिपल्टै सरकारले पोखरेललाई एआईजीको फुली लगाइदिएको थियो । 

त्यसको केही महिनापछि फेरि थापालाई एमाले सरकारले नै एआईजीको अर्को दरबन्दी थप गरेर २१ असार २०७८ माबढुवा गरेको थियो । यो दौडमा सिंह र धानुक पछि परे । तर, हाल शेरबहादुर देउवा सरकारले ओलीकै शैलीमा एआईजीको तीन दरबन्दी थप गरेर १ चैतमा वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्‍यो । पन्त आईजीपी क्षेत्रीका ब्याची भएका कारण उनीसँगै अवकाशमा जानेछन् । 

तर, सिंह र धानुक भने पोखरेल र थापासँगै आईजीपीको प्रतिस्पर्धामा पुगेका छन् । पोखरेल र थापामाथि एमाले सरकारको पालामा बढुवा भएका कारण एमालेको ट्याग लागेको छ । जसका कारण पोखरेल र थापालाई रोकेर आफैँले बढुवा गरेका सिंह र धानुकमध्ये एक जनालाई आईजीपी नियुुक्त गर्ने कसरतमा प्रधानमन्त्री देउवा छन् ।

उनीहरूमध्ये आईजीपी नियुक्त हुने एआईजी नेपाल प्रहरीको २९औँ महानिरीक्षक बन्नेछन् । प्रहरी नियमावलीअनुसार एआईजीमध्ये एक जनालाई आईजीपी बढुवा गर्न सक्ने प्रावधान छ । एआईजी नभएको अवस्थामा डीआईजीबाट समेत आईजीपी नियुक्त गर्ने व्यवस्था नियमावलीले दिएको छ । 

यद्यपि आईजीपी पदमा नियुक्त गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यसम्पादन क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य हेरेर उचित ठानिएको उम्मेदवारलाई सरकारले बढुवा गर्ने व्यवस्था छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh