Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

को हुन् सशस्त्रको एआईजीमा बढुवा भएका राजु अर्याल ?

को हुन् सशस्त्रको एआईजीमा बढुवा भएका राजु अर्याल ?

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको हो ।

४ वैशाखमा बसेको गृह मन्त्रालय बढुवा समिति सचिवालयको डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको थियो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) बन्ने पक्का भएको थियो ।

हालका महानिरीक्षक पुष्पराम केसीले १८ वैशाखमा अनिवार्य अवकाश पाएपछि १९ वैशाखदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् । पेसाप्रति निडर, इमानदार र व्यावसायिक छवि बनाएका ४८ वर्षीय अर्याललाई बुधबार दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । उनी अब ६ दिन मात्र एआईजी रहनेछन् । सशस्त्र प्रहरी बलको २१ वर्ष लामो इतिहासमा सबैभन्दा छोटो समय एआईजी बनेर महानिरीक्षक बन्ने उनी पहिलो व्यक्ति हुनेछन् । साथै सशस्त्र प्रहरीको इतिहासमै सबैभन्दा कम उमेरमा महानिरीक्षक बन्ने व्यक्ति पनि उनी नै हुनेछन् ।

२३ मंसिर २०३१ मा बाबु दामोदरप्रसाद अर्याल र आमा शारदा अर्यालको कोखबाट जन्मेका अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा उनले चारवटा विषयमा स्नातकोत्तर गरेका छन् । ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानुनमा उनले स्नातकोत्तर गरेका छन् ।

उनले स्वदेशमा विशेष शस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता तालिम, गुल्मपति तथा स्टाफ तालिम, उच्च व्यवस्थापन र विकास, एड्भान्स ट्रेनिङ अन नेसनल सेक्युटिरीसहित १० वटा तालिम लिएका छन् । त्यस्तै, उनले अमेरिका, श्रीलंका, जर्मन, चीन र इटालीमा गरी पाँचवटा विदेश तालिम गरेका छन् ।

प्रहरीमा रहँदा तत्कालीन वडा प्रहरी कार्यालय बौद्धको प्रमुखको जिम्मेवारी बहन गरेका उनले सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि आठवटा कार्यालयमा प्रमुख भएर काम गरिसकेका छन् । उनले सशस्त्र प्रहरी बल बाघभैरव गुल्म, सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, कालिञ्चोक भगवती गण, चण्डिका गण, तालिम महाविद्यालय लामापाटन, यूएन तालिम केन्द्र ककनी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयमा प्रमुख भएर काम गरेका हुन् ।

यस्तै, उनले सशस्त्र प्रहरी नायब उपरीक्षक हुँदा १८ पुस २०६० देखि १७ असर २०६१ सम्म लाइबेरिया मिसनमा काम गरेका थिए । २५ वैशाख २०६३ देखि ५ वैशाख २०६४ सम्म यूएन मिसन सुडानमा काम गरेका उनी २० फागुन २०६८ देखि २० फागुन २०६९ सम्म यूएन मिसन डार्फरमा कार्यरत थिए । १० माघ २०७० देखि २४ मंसिर २०७१ सम्म उनी लाइबेरियामा एफपीयू कमान्डरका रूपमा कार्यरत थिए ।

२०७८ सालमा सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट विभूषित उनी २०७४ सालमा सुप्रबल जनसेवाश्री, २०६२ सालमा परदेश सेवापदक, २०६१ सालमा गोरखा दक्षिणबाहु चौथोबाट विभूषित भएका थिए । यस्तै, उनले २०६३ सालमा सुडानमा यूएन मेडल, २०६१ सालमा लाइबेरियामा रहँदा यूएन सेवापदक पाएका थिए । २०६० सालमा उनलाई दैवी प्रकोप उद्धार पदक प्रदान गरिएको थियो ।

हक्की स्वभावका अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले नयाँ उचाइ लिने सशस्त्रका अधिकृतको विश्वास छ । २४ वर्ष लामो सेवामा उनी कुनै पनि विवादमा आएका छैनन् । उनी २०७७ सालको उत्कृष्ट बाहिनीपति पनि बन्न सफल भएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh