जनकपुर । धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव भेटिएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा- २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय ती युवकको शव भेटिएको हो ।

युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतकको पहिचान खुल्न सकेको छैन ।
युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यसबारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

















