कैलाली। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले ठूलो असर पारेको बताएका छन् ।बिहीबार कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा टीकापुर घटनाले थुप्रै असर पारेको बताउँदै उक्त घटनामा सामेल नभएकाहरु जेलमा रहनुमा अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरे ।

अध्यक्ष प्रचण्डका अनुसार घटनाका मुख्य योजनाकार भनिएका निलम्बित सांसद रेशम चौधरी दोषी रहेका छन् । घटनामा रेशम चौधरीको कुनै सहभागी नरहेको पनि प्रचण्डको भनाइ थियो ।
प्रचण्डले भने, ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन् । तपाईहरुलाई थाहै छ रेशम चौधरी । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ । र, रेशमलाई भेट्यो भनेर मिडियामा ठूलो आलोचना भएको थियो । तर, मैले रेशमलाई भेट्न नहुने के कारण छ ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु भनेको थिए । हिजो मात्रै मेरो सचिवालय प्रतिनिधि गएर रेशम चौधरीसँग कुरा भएको छ र उहाँको समस्या समाधान गर्न सरकारसँग म भालि नै सिरियस कुरा गर्दैछु ।’
सुदूरपश्चिमका तमाम राजनीतिक र आर्थिक पाटोका समस्या माओवादीले बोक्ने अध्यक्ष प्रचण्डले बताए । साथै, थारु समुदायको हक, अधिकारको लागि कदम अघि बढाउने प्रतिबद्धता पनि प्रचण्डले जनाए ।

















