Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महिनादिनदेखि सचिव गायब हुँदा सेवाग्राही मर्कामा

महिनादिनदेखि सचिव गायब हुँदा सेवाग्राही मर्कामा

जनकपुरधाम । मधेस प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव नन्दलाल राय यादव विगत एक महिनादेखि गायब रहेका छन् । चैतको दोस्रो सातादेखि मन्त्रालय छाडेर काठमाडांै हिँडेका सचिव यादव अहिलेसम्म नफर्केपछि मन्त्रालयमा काम गराउने सेवाग्राही मर्कामा पर्दै आएका छन् । मन्त्रालयमा अख्तियारले छानबिनका लागि पत्र पठाएपछि गायब भएका सचिव अहिलेसम्म मन्त्रालय फर्किन मानेका छैनन् । उपसचिवबाट सचिवमा बढोत्तरी भएका यादव सो मन्त्रालयका मन्त्री शत्रुधन महतोको पनि नटेर्ने गरेको स्रोतको दावी छ ।

केही दिन पहिले जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा जनकपुरधाम मैथिली साहित्य तथा नाट्य महोत्सवको आयोजना भएको थियो र सोका लागि उद्योग वन पर्यटन मन्त्रालयमा कोषले ४४ लाख रुपैयाँ माग गरेको थियो । प्राप्त जानकारीअनुसार मन्त्री शत्रुधन महतोले अर्थमन्त्रालयसँग समन्वय गरी १८ लाख निकासी पनि गराएको छ । तर, वन मन्त्रालयमा नाट्य महोत्सव लगायतका कार्यक्रम गर्नका लागि कुनै शीर्षक नै नभएपछि सो रकम निकासा गर्नका लागि सचिव यादवले मानेका थिएनन् ।

यता सोही रकमको पावरमा मन्त्री महतोले कार्यक्रमको प्रमुख अतिथि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बनाउन सफलसमेत भएका थिए । कार्यक्रम सम्पन्न भएपछि रकम निकासा गर्नका लागि सचिव यादवलाई मन्त्री महतोले दबाब दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवाको चिठी लिएर नै सचिव यादव काठमाडौं निस्केको स्रोतको दावी छ ।

अर्कोतर्फ डिभिजन वन कार्यालय सिरहामा भएको भ्रष्टाचारको छानबिन र मारुती सिमेन्टले कब्जा गरेको जग्गा फिर्तीका लागि चुरे तथा वनजंगल संरक्षण अभियानले केही महिना पहिले अनसन थालेका थिए । तत्कालीन समयमा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले अभियानीसँग छानवीन गरी प्रतिवेदन सार्वजनिक गर्ने सहमति जनाउँदै अनसन तोडाएका थिए । सोही समय छानबिनका लागि तत्कालीन समयमा उपसचिव रहेका नन्दलाल राय यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

समिति गठन भएपश्चात एक महिना भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । समिति गठन भएको नौ महिनापछि मन्त्रालयका वर्तमान मन्त्री शत्रुधन महतोलाई छानबिन प्रतिवेदन सार्वजनिक गर्नका लागिभन्दा प्रतिवेदनमा फोटोबाहेक अझै केही नरहेको र समितिले हाउडे तालमा प्रतिवेदन बनाएको बताउँदै आएका छन् । मन्त्री महतोको अनुसार इमानदारीका साथ छानबिनसमेत नगरी घरमै बसेर प्रतिवेदन बनाएको र यसका लागि सचिव यादवलाई भन्दा जवाफसमेत नदिने र अटेरी गर्दै हिँडने गरेको बताए ।

यता मन्त्री महतोले छानबिनसम्बन्धी चित्त नबुझेको भन्दै पुनः छानबिन समिति गठन गरी पुनः छानबिन गर्ने योजना बनाउँदै गर्दा संघीय सरकारबाट समेत मारुती सिमेन्टको जग्गासम्बन्धी छानबिनका लागि पत्र आएको बताइएको छ । यता संघले समेत छानबिन गर्ने भएपछि आफनो पोल खुल्ने भएर सचिव मन्त्रालय छाडेर काठमाडांै हिँडेको र पटकपटक खबर गर्दा पनि आउन नमानेको मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए ।

अर्कोतर्फ चुरे तथा वनजंगल संरक्षण अभियानले सचिव यादवले बनाएको प्रतिवेदन जेजस्तो भए पनि सार्वजनिक गर्नका लागि दबाब दिएको र मन्त्री महतोले समेत सोही प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता दिएपछि सचिव डराएर भागेको सो कर्मचारीको भनाइ रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh