बागलुङ । लेनदेनको बिषय मिलाइदिन्छु भनी सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिने प्रहरी नायब निरीक्षक(सई) रुपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोेगको टोलीले नियन्त्रणमा लिएको छ ।

म्याग्दी घर भएका धर्मकुमारी क्षेत्री र पाँचथर घर भएका रमेश लिम्बुको लेनदेन केस मिलाइदिन्छु भनेर ३८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको कार्यालय पोखराबाट खटिई गएको टोलीले बागलुङको विपत ब्यवस्थापन गुल्मनजिकैको क्षेत्रबाट सई महतोलाई नियन्त्रणमा लिएको छ ।

















