भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले शुक्रबार भएको आमसभास्थलमा सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनल पारस बसपार्कको खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार चौरमा रहेका कागज, प्लाष्टिकहरु टिपेर व्यवस्थापन गरिएको हो ।

जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर सरसफाई गरिएको बताउनुभयो । राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष मदनप्रसाद पौडेलले चौरमा आज शनिबार पनि पानी ट्याङकरले प्रयोग गरी धुलो व्यवस्थापन गरिएको बताउनुभयो । आमसभास्थलको सहज अवलोकन गर्न मिल्ने गरी ५ दिन लगाएर चौर समस्याउने र सफाई गरिएको थियो ।
राप्रपा चितवन प्रदेश ३ ख का अध्यक्ष रामकृष्ण क्षेत्रीले राप्रपाका जिल्ला पदाधिकारी, युवाहरुको सक्रियतामा सफाई गरिएको बताउनुभयो । जिल्ला प्रवक्ता राजु भण्डारीले शुक्रबारको आमसभामा २५ हजार सर्वसाधरण भएको अनुमान गरिएको बताउनुभयो ।

















