एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादलाई जित दिलाउनको लागि युवा ओपनर अभिषेक शर्माको उत्कृष्ट प्रर्दशन गरे । १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
हैदराबादको लागि अभिषेकले सार्वधिक ७५ रन प्रहार गरेका थिए । उनले ५० बलमा ५ चौक र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै हैदराबादको लागि राहुल त्रिपाठीले ३९ रन, केन विलियम्सनले ३२ रन र निकोलस पुरन ५ रनमा अविजित रहे । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । चेन्नईका मोईन अलीले ३५ सर्वाधिक ४८ रन बनाएका थिए । ओपनर रोविन उथप्पा १५ र ऋतुराज गायकवाड १६ रनमा आउट भएका थिए । अम्बाती रायुडू २७, शिवम दुबे ३, रविन्द्र जडेजा २३ र महेन्द्रसिंह धोनी ३ रनमा आउट भए ।
यो जितसँगै हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । ४ खेल खेलेको चेन्नई सुपर किंग्स र नवौं छन् ।

















